काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमण अवधिभर विमानस्थल र राडार भएको स्थानमा विद्युत आपूर्ति सहज बनाउन निर्देशन दिएको छ। विमानस्थल कार्यालयले ललितपुर विद्युत वितरण केन्द्र, नयाँ बानेश्वर सवस्टेशन र चाबहिल सवस्टेशनलाई विद्युत आपूर्ति सहज बनाउन निर्देशन दिएको हो।
विमानस्थल कार्यालयले चाबहिल र नयाँ वानेश्वर सवस्टेशनलाई त्रिभुवन विमानस्थलमा दिइएको डेडिकेटेड विद्युत आपूर्तिलाई उच्च प्रथमकितामा राखि निरन्तर विद्युत आपूर्ति गर्न अवश्यक व्यवस्थाको लागि समेत आग्रह गरेको छ। कार्यालयले विमानस्थलको हेल्दी विद्युत आपूर्ति निरन्तर आवश्यक रहेकाले फुलचोकीस्थित कम्युनिकेशन रिपिटर स्टेशन र भट्टेडाँडा स्थित राडार स्टेशनमा निरन्तर विद्युत आपूर्तिलाई प्राथमिकतामा राख्न भनेको छ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ यही असोज २५ दुई दिने नेपाल भ्रमणमा आउँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।