काठमाडौं- नेपाल राष्ट्र बैंकले असार, असोज, पुस र चैत महिनाको अन्तिम हप्ताको २५ गतेपछि मसान्तसम्म शनिबार लगायत जुनसुकै सार्वजनिक बिदामा समेत बैंकका काउन्टर खुल्ला राख्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले शुक्रबार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
यी चार महिनामा २५ गतेपछि शनिबार र जुनसुकै सार्वजनिक बिदामा पनि राजस्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंकका राजस्व संकलनसम्बन्धी काउन्टरहरु खुला राख्नुपर्नेछ। त्यो अवधिमा बैंकहरुले क्लियरिङसम्बन्धी काम गनेए काउन्टरसमेत खुला राख्नुपर्नेछ।
राजश्व भुक्तानीमा सहजताका लागि राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार सो उल्लेखित अवधिमा नेपाल क्लियरिङ हाउस लिमिटेड पनि पूर्णकालिन रुपमा खुला गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।