काठमाडौं- लामो समयदेखि सिथिल र सुस्ताएको अवस्थामा देखिएको पुँजी बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज 'नेप्से'का अनुसार परिसूचक १२ दशमलव शून्य ५ अंकले घटेको हो। उच्च अंकको गिरावटसँगै परिसूचक १ हजार १ सय ३६ दशमलव ९६ अंक कायम भएको छ।
नेप्सेका अनुसार सोमबार १ सय ५४ वटा कम्पनीको ८ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर ३ हजार ४ सय ३ पटक खरिदबिक्री हुँदा २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार म्युचल फन्ड समूहको उपसूचक बाहेक अन्य सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटेल समूहको उपसूचक ५३ दशमलव ६६ अंकले घटेको छ।
कारोबार रकम हेर्दा प्रभु बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बढी कमाउनेमा राडी जलविद्युत कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ८४ प्रतिशतले गुमाएका छन् भने बढी गुमाउनेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ४९ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।