काठमाडौं- एनआइबिएल म्युचुअल फन्डअन्तर्गत एनआइबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालित एनआइबिएल सहभागिता फन्डको कारोबार सुरु भएको छ। उक्त योजनाका इकाईहरु बाँडफाँड भएको ३ महिनापछि खरिद-बिक्री सुरु हुने व्यवस्था अनुसार सोमबारदेखि कारोबार सुरु भएको हो।
योजनाका इकाईहरु एनआइबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरबारबाट र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड, लालबन्दी, वीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत तथा धनगढीबाट समेत खरिद-बिक्री गर्न सकिनेछ।
कारोबारको पहिलो दिन व्यवस्थित लगानी योजनाका बारेमा उत्साहपूर्वक जानकारी लिइएको एनआइबिएल म्युचुअल फन्डले जनाएको छ। सोमबार २ हजार ८ सय इकाई बिक्री तथा १ हजार ५ सय इकाई पुनर्खरिद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।