काठमाडौं- सनराइज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गरेको छ।
बैंकले मुलुककै पुँजी बजारको विस्तारका लागि आजबाट सो रकम बराबरको ऋणपत्र निश्कासन गरेको हो। वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र जारी हुँदैछ। निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सो ऋणपत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए।
बैंकको ऋणपत्र ७ वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ। बैंकका ऋणपत्र चाँडोमा कार्तिक २४ गते र त्यसभित्र बिक्री नभएमा मंसिर १९ गतेसम्म बिक्री खुला हुने समय पनि निर्धारण गरिएको छ।
सो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ। ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।