काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या सन २०१८ का तुलनामा सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्ममा ८ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्मको ९ महिनाको अवधिमा नेपाल भ्रमण आउने विदेशी पर्यटकको संख्या ९ लाख ७५ हजार ५ सय ५७ पुगको छ।
यो संख्या सन् २०१७ को सोही अवधिसम्ममा ९ लाख ३ हजार ५ सय ३९ थियो।
बोर्डका अनुसार सार्कबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा ४ दशमलब २ प्रतिशत, सार्कबाहेकका एसियाका देशबाट नेपाल भ्रमणमा आउनेको संख्यामा ११ दशमलब १ प्रतिशत, युरोपबाट शून्य दशमलब ३ प्रतिशत, अष्ट्रेलियाबाट ७ प्रतिशत, अमेरिकाबाट ४ दशमलब ७ र क्यानडाबाट आउनेको संख्यामा ३ दशमलब ७ प्रतिशले बढेको छ।
यसैगरी बंगलादेशबाट ९ दशमलब ६, पाकिस्तानबाट ८ दशमलब ७ र स्पेनबाट ३ दशमलब ६ प्रतिशतले कमी आएको छ।
भारतबाट नेपाल आउने पर्यटकको संख्यामा ४ दशमलब ९ प्रतिशत बढ्दा चीनबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ९ दशमलब २ प्रतिशतले बढेको छ। यसैगरी सबैभन्दा चाइनिज ताइपेबाट नेपाल भ्रममणमा आउने पर्यटकको संख्यामा वृद्धि आएको छ।
ताइपेबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सन् २०१८ को तुलनमा सन् २०१९ मा ३९ दशमलब ५ प्रतिशतले बढेको छ।
यस्तै थाइल्यान्डबाट नेपाल भ्रममणमा आउने पर्यटकको संख्या पनि ३२ दशमलब ९ प्रतिशतले बढेको छ।
पहिलो नम्बरमा भारत
विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा भारती सबैभन्दा धेरै रहेको छ। भारतबाट मात्रै ९ महिनामा १ लाख ६९ हजार ९ सय ५२ जना छन्।
यसैगरी चिनियाँको संख्या १ लाख ३४ हजार २ सय ८१ छ। अमेरिकाबाट ७७ हजार ७ सय ९८, बेलायतबाट ५० हजार ३ सय ३९, जर्मनीबाट ३१ हजार १ सय २८, थाइल्यान्डबाट ३९ हजार ६ सय ८ र श्रीलंकाबाट ५७ हजार २ सय ४० छ।
(तस्बिर: नेपाल पर्यटन बोर्ड)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।