काठमाडौं- करिब एक वर्ष अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामबाट हात झिकेको एसियाली विकास बैंक (एडिबी) पुनः विमानस्थल विस्तारको काममा फर्किने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मास्टर प्लानअनुसार विस्तार हुने लागेको कामका लागि एडिबीले ऋण सहयोग गर्ने इच्छा प्रकट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ।
२ सय मिलियन अमेरिकी डलरको हाराहारीको काममा लागि एडिबीले विमानस्थलका विस्तारका लागि ऋण सहयोग गर्न लागेको प्राधिकरण स्रोत बताउँछ।
विमानस्थलको मास्टर प्लानअनुसार निर्माण हुन लागेका आन्तरिक उडानका जहाज पार्किङ वे, आन्तरिक टर्मिनल भवन, भुमिगत इन्धन भण्डारलगायतका कामको लागि एडिबीले चासो राखेसँगै छलफल सुरु भएको प्राधिकरण स्रोतको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तारोन्नतिको जिम्मा पाएको सान्जोसेसँगको ठेक्का सम्झौता रद्द भएपछि पनि काममा सन्तोषजनक प्रगति नभएको भन्दै एक वर्ष अगाडि नै मुख्य लगानीकर्ता एडिबीले कामबाट हात झिकेको थियो।
एडिबीले हात झिकेपनि प्राधिकरणले आफ्नै स्रोतबाट विमानस्थल स्तारोन्नतिको काम अगाढि बढाइरहेको छ। विमानस्थल स्तरोन्नतिको काममा स्पेनिस निर्माण कम्पनीले लापरबाही गरेको भन्दै २०७३ मंसिरमा ठेक्का सम्झौता गरेको थियो। विमानस्थल स्तारोन्नतिको लागतमा रकम एडिबीको ऋणमा भएको थियो।
विमानस्थल स्तरोन्नतिको कामका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१२ मार्चमा सान्जोसेसँग ठेक्का सम्झौता गरेको थियो।
प्राधिकरणले ३ अर्ब ८१ करोड रुपैयाँमा विमानस्थल स्तरोन्नति गर्ने गरी सान्जोसेसँग सम्झौता भएको थियो। सम्झौताअनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर, निर्धारित समयमा १७ प्रतिशत मात्र काम सम्पन्न भएको भन्दै प्राधिकरणले गत मंसिर २४ गते सबै स्टेकहोल्डरको सहमतिमा सम्झौता रद्द गरेको थियो। निर्माण कम्पनीले सन् २०१६ को मार्चमा विमानस्थल स्तरोन्नतिको काम पूरा गर्नुपर्ने थियो।
सान्जोसेले पहिलो चरणमा विमानस्थलको हवाई पूर्वाधार निर्माण, धावनमार्ग तीन सय मिटर विस्तार, अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, ढल निकास, पावर सप्लाई र जनेरेटर, एयर फोर्स लाइट सिस्टम, फोहोर प्रशोधन केन्द्र, जहाजबाट आउने फोहोर व्यवस्थापनको काम र दमकल उपलब्ध गराउनेलगायत काम गर्ने सम्झौतामा उल्लेख थियो। तर, यस अवधिमा कम्पनीले दमकल ल्याउने बाहेक खासै काम गरेको थिएन। सान्जोसेले पहिलो समूहअन्तर्गत रहेका कामको प्रगति १६.५३ प्रतिशत मात्र छ।
यसैगरी, दोस्रो तहको काममा अन्तर्राष्ट्रिय आन्तरिक टर्मिनल भवन, जेनेरेटर हाउस, पम्प हाउस र बत्तीको सबस्टेसन निर्माणमा ११.४ प्रतिशत मात्र प्रगति भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
तेस्रो चरणको काममा निर्माण कम्पनीले केही काम गरेको थियो। यसमा सिमिकोट र रारा विमानस्थलका लागि आवश्यक जलवायुमापन सम्बन्धी उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो। निर्माण कम्पनीले सामान खरिद गरे पनि हस्तान्तरण भने गरिसकेको थिएन।
प्राधिकरणकाअनुसार निर्माण कम्पनीको ठेक्का रद्द हुँदासम्म आर्थिक प्रगति १६.५५ प्रतिशत मात्र थियो।
तर, ठेक्का रद्दसँगै प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम ४ तहमा वर्गीकरण गरी अगाडि बढाएको थियो। जसमा एनसिबी १,२ र ३ को काम अन्तिम चरणमा पुगको छ भने एनसीबी ४ अन्तर्गतको ट्याक्सी-वे विस्तार र एप्रोन निर्माणको कामका लागि भने कम्पनी छनोट चरण हुने चरणमा छ।
सान्जोसेसँग ठेक्का सम्झौता रद्द भए पनि एडीबीले सन् २०१८ को डिसेम्बरसम्मको काममा भने आर्थिक सहायता गरिरहेको थियो। एडिबीले हात झिकेपछिका लागत खर्च भने प्राधिकरणले आफ्नै स्रोतबाट गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।