काठमाडौं– मेगा बैंकले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ।
शुक्रबार काठमाडौँमा सम्पन्न बैंकको नवौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको हो।
बैंकले १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैँया ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए।
बैंकले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।
गण्डकी विकास बैंक प्राप्तिपश्चात मेगा बैंकको शाखा सञ्जाल देशव्यापीरुपमा २१० वटा भन्दा बढी रहने बैंकले जनाएको छ।
बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्र संचालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।