काठमाडाैं- नेपाली एप्लीकेशन ‘हाम्रो पात्रो’ले आफ्ना ५० लाख प्रयोगकर्ताहरूको दैनिकिलाई अझ सहज बनाउने उद्देश्यले एप्लीकेशनबाटै सामान खरिद बिक्रीको सुविधा थप गरेको छ। प्रयोगकर्ताहरूको दैनिकीलाई सहज बनाउन खरिद-बिक्री सुविधा थप गरेको 'हाम्रो पात्रो'का संस्थापक/अध्यक्ष शंकर उप्रेति जानकारी दिए।
उनका अनुसार सार्वजनिक गरिएकाे एप्लीकेशन मार्फत् आफ्ना नयाँ अथवा पुराना सामान, घर-जग्गा, सवारीसाधन, मोबाइल, घडी अथवा अन्य सेवा सुविधालाई बेच्न अथवा खरिदगर्न सकिने छ।
बिक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले बिक्रेतासँग सिधैं सम्पर्क गरी कारोबार गर्न सकुन भन्ने उद्देश्यले हाम्रो "WE हाम्रोपात्रो" कम्युनिटी फिचर 'Hamro Market' सार्वजनिक गरेकाे उप्रेतिले जानकारी दिए।
किन फरक छ त यो कम्यूनिटि फिचर?
दैनिक कम्तिमा १० लाखभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रो बढिमा मासिक ५० लाख प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन्। कसै न कसैको दैनिक उपभोगका, व्यक्तिगत प्रयोगका मोबाइल, घडी, सवारीसाधन, घर जग्गा अथवा अन्य सामान बेच्ने अथवा खरिद गर्ने आवश्यकतालाई हाम्रो पात्रो प्रयोगकर्ताका लागि सही विकल्प हुनसक्छ।
आफ्नो सामान बेच्न अथवा खरिद गर्न व्यक्ति खोज्न हाम्रो पात्रो प्रयोगकर्ताको यो कम्युनीटी प्रभावकारी हुने दाबी उनकाे छ। याे फिचरलाई प्रयोगकर्ता बनाउनुपर्ने झण्झट छैन र बनिबनाउ प्रयोगकर्ताको एउटा नियमित समूहलाई यस खरिद-बिक्रीको सुविधामा सजिलै जोड्न सकिने छ।
कसरी जुट्ने त यो कम्यूनिटिमा?
यो कम्युनिटी अहिले यो लिंक https://we.hamropatro.com/c/ff6e7bb0-0c27-11ea-9a0a-0242ac12003e लाई क्लिक गरेर Login with Google अथवा Login with Facebook मध्ये कुनै एकबाट लगइन गरेर त्यहाँ उपलब्ध कम्युनिटीहरु मध्ये 'Hamro Market' खोल्नुभई त्यहाँ रहेको Join Community भन्ने बटनलाई थिचेर रजिष्ट्रेसनका लागि रिक्वेस्ट पठाउन सकिनेछ।
हाम्रो पात्रोले रिक्वेस्टलाई स्विकार्ने छ र त्यस कम्युनिटीमा आफ्ना सामाग्री अथवा सेवालाई तस्बिरसहित पोष्ट गर्न अथवा खरिद-बिक्रीका लागि पोष्ट गरीएका स्ट्याटसहरुमा कमेन्ट गर्ने सुविधा दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।