काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
नेपाल चेम्बर अफकमर्स, मिनिस्ट्री अफ फरेन अफेयर्स अफ फिनल्याण्ड र फिन पार्टनरसीपको संयुक्त आयोजनामा 'डुइङ बिजनेश विथ फिनल्याण्ड' विषयक गोष्ठीमा उनले सो कुरा बताएका हुन्।
सचिव अर्यालले मुलुक हाल आर्थिक विकासको गतिका लागि 'सुखी नेपाल, समृद्ध नेपाली'को नारा पूरा गराउन लागिरहेको परिप्रेक्ष्यमा सरकारी, निजी क्षेत्र र आम जनसमुदायको एकीकृत प्रयासबाट मात्र सो लक्ष्य हासिल गर्न सकिने बताए।
सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा जोड दिएको र निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्याण्डका व्यवसायिक समस्या समाधान गरी अनुकूल वातावरण बनाउन तैयार रहेको प्रतिबद्धता गरे।
सोही कार्यक्रममा नेपलका लागि फिनल्याण्डका राजदूत एन्टिननले चेम्बरसँगको सहकार्यमा दोश्रो पटक यस किसिमको व्यापारिक प्रतिनिधि मण्डलको भेटघाटले युरोपियन समुदायकाले प्रदान गरेको 'एभ्रिथिङ वट आर्म' (इविए) को सुविधा प्राप्त गर्न सहज हुने बताए।
उनले नेपाल फिनफण्डबाट बढी दरखास्त आह्वान गरी नेपाली उद्यमी व्यवसायीहरू लाभान्वित हुने अवसर यस किसिमको प्रतिनिधीमण्डलको भ्रमणबाट हुने विश्वास व्यक्त गरे।
सो कार्यक्रममा प्रतिनिधि मण्डलका प्रमुख तथा फिन पार्टनरसिपका कार्यक्रम निर्देशक विग्रिट नेभ्लाले फिनपार्टनरसिप र फिनफण्डबाट उपलब्ध गराउन सकिने सुविधा सहुलियतका बारेमा विस्तृत प्रस्तुतीकरण गरे।
उनले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचनाप्रविधि र सञ्चार (आइसिटी) कन्टेनर विञ्डिङ आदिमा नेपाललाई सहयोग र व्यवसाय गर्न सकिने बताए।
नेपालमा पर्यटन प्रवर्द्धनको लागि समेत फिनल्याण्डबाट उल्लेख्य पर्यटक आउन सक्ने सम्भावना रहेको उनले बताए। ५५ करोड युरोको बास्केट फण्डबाट प्रक्रिया पुर्याई नेपालका उद्योगी व्यवसायीहरूले फाइदा लिन सक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।