काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रका तत्कालीन कार्यालय प्रमुख सहित ३८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरुलाई लाइसेन्स परीक्षामा फेल भएकालाई पास बनाएको आरोप लगाइएको छ।
कार्यालयले २०६९ बैशाख, जेठ र असारमा सञ्चालित प्रयोगात्मक परिक्षामा फेल भएका पास बनाएको आरोपमा मुद्दा दायर भएको हो। अख्तियारले ३८ जना विरुद्ध १२ सय ८४ जनालाई रकम असुलेर पास गराएको दाबी अख्तियारले गरेको छ।
अख्तियारले तत्कालिन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेल, हाल अवकास प्राप्त इन्जिनयर बासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालिन प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरिक्षक) नवराज थापा, शाखा अधिकृतहरु राममणी पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल उपसचिव) बाबुलाल रेग्मी (हाल उपसचिव) लगायतविरुद्ध मुद्दा दायर भएको हो।
तत्कालिन कार्यालय प्रमुखलाई ८ लाख ५९ हजार ५ सय ५० रुपैयाँ, अवकास प्राप्त इन्जिनयर पोखरेललाई ३ लाख ४६ हजार ७ सय ५०, प्रहरी निरीक्षक मिश्रका लागि २४ हजार ३ सय, हालका पहरी नायब उपरिक्षकलाई २४ हजार ९ सय, अवकास प्राप्त अधिकृत पोखरेललाई ३५ हजार ९ सय, निलम्बित रेग्मीलाई ३० हजार, अधिकृत थपलियालाई ११ हजार १ सय, हालका उपसचिव ढुंगानालाई ३ हजार २ सय र हालका उपसचिव रेग्मीसंग ७ सय रुपैयाँ विगो रकम सहितको मुद्दा दायर भएको हो। (प्रतीकात्मक तस्बिर)
मुद्दा दायर भएका अन्य कर्मचारीको विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।