काठमाडौं- ट्याक्सीका लागि सरकारले ल्याएको नयाँ मापदण्डअनुसार अब काठमाडौंका सडकमा सेडान ट्याक्टी चल्ने भएका छन्। नयाँ मापदण्ड आएसँगै पुराना ट्याक्सी दर्तामा यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी, एकान्तकुनाले रोक लगाई सकेको छ।
नयाँ मापदण्डअनुसार नयाँ ट्याक्सीका लागि विभिन्न कम्पनीका मोडलबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली बजारमा उपलब्ध कारमध्ये सरकारले ल्याएको मापदण्ड टाटाको टिगोरलाई उपयुक्त देखिएको छ। यसका साथै टिगोरको विकल्पमा फोर्ड एस्पायर एम्बियन्टलाई हेरिएको छ।
सरकारले जारी गरेको ट्याक्सीको नयाँ मापदण्ड शुक्रबारदेखि नै कार्यान्वयनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भदौ ३० गतेको सहमति र विभागको मंसिर २ गतेको निर्णय भई कायम भएको मिटर जडित ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयनका लागि पठाएको विभागको पत्रमा उल्लेख छ।
नयाँ मापदण्डअनुसार अब १२ सय सिसीका सेडान कारमात्र ट्याक्सीका रुपमा दर्ता गर्न पाइने छ। पेट्रोलबाट सञ्चालित ट्याक्सीका सन्दर्भमा फोर स्ट्रोक सेडान कार, कम्तीमा १२ सय सिसी (माइनस १ प्रतिशत) वा सोभन्दा बढी, कम्तीमा ३ सिलिन्टर वा सो भन्दा माथि (पेट्रोल) र सेन्ट्रल लकिङ, एसी/हिटर, प्रिन्टरसहितको डिजिटल मिटर तथा एलइडीसहितको जिपिएस नेभिगेसन सिस्टम हुनुपर्ने उल्लेख छ।
नेपाली बजारमा उपलब्ध कारमध्ये टाटाको टिगोरको मूल्य २५ लाख ५० हजार रुपैयाँ छ। त्यस्तै फोर्ड एस्पायर एम्बियन्टको बजार मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ। त्यस्तै सरकारले तोकेको मापदण्डअनुसार सम्भावित ट्याक्सीका रुपमा हेरिएको मारुती सुजुकी डिजायर हो। यो कारको बजार मूल्य ३२ लाख ७९ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, सरकारी मापदण्डअनुसार ट्याक्सीमा दर्ता हुने सक्ने कार हो 'होन्डा अमेज'। यो कारको बजार मूल्य ३२ लाख ९० हजार रहेको छ। हुन्डाईको एक्ससेन्टसमेत नयाँ मापदण्ड अनुसार ट्याक्सीमा आउन सक्ने अर्को मोडल हो। यो कारको बजार मूल्य ३१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यहाँ उल्लेखित मूल्य नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालै प्रकाशित गरेको मूल्य सूचीमा आधारित छ।
यी हुन् ट्याक्सीमा आउन सक्ने मोडल र तिनको विशेषता
टाटा टिगोर
इन्जिनः ११ सय ९९ सिसी
फ्युल टाइपः पेट्रोल
टर्कः ३५ सय आरपिएममा ११४ एनएम
ट्रान्समिसनः म्यानुअल
ड्राइभ टाइपः फ्रन्टह्विल
क्रब वेइटः १ हजार १७ केजी
पावरः ६ हजार आरपिएममा ८३.८१ बिएचपी
सिलिन्डर संख्याः ३
गेयर बक्सः ५ स्पिड
सिटः ५
मूल्यः २५ लाख ५० हजार
फोर्ड एस्पाएर एम्बियन्ट
इन्जिनः ११ सय ९२ सिसी
फ्युल लाइटः पेट्रोल
ट्रान्समिसनः म्यानुअल
पावरः ६५ सय आरपीएममा ९४.९३ बिएचपी
टर्कः ४२ सय ५० आरपिएममा १२० एनएम
सिलिन्डर संख्याः ३
गेयर बक्सः ५ स्पिड
मूल्यः २६ लाख ९९ हजार
मारुती सुजुकी डिजायर
इन्जिनः ११ सय ९७
फ्युल टाइपः पेट्रोल
पावरः ६ हजार आरपिएममा ८१.८० बिएचपी
टर्कः ४२ सय आरपिएम ११३ एनएम
सिटः ५
सिलिन्डरः ४
मूल्यः ३२ लाख ७९ हजार
होन्डा अमेज
इन्जिनः ११ सय ९९ सिसी
पावरः ६ हजार आरपिएममा ८८.७६ बिएचपी
टर्कः ४८ सय आरपिएममा ११० एनएम
सिलिन्डरः ४
सिटः ५
मूल्यः ३२ लाख ९० हजार
हुन्डाई एक्ससेन्ट
इन्जिनः ११ सय ९७ सिसी
सिलिन्डरः ४
पावरः ६ हजार आरपिएममा ८२ बिएचपी
टर्कः ४ हजार आरपिएममा ११४ एनएम
मूल्यः ३१ लाख ९६ हजार रुपैयाँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।