काठमाडौं- एनआइसी एसिया बैंकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३, ओडबलियामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
शुक्रबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीको उपस्थितिमा बैंकले ओडबलियामा यस्तो सेवा विस्तार गरेको हो। योसँगै बैंकले ४३ स्थानबाट शाखारहित सेवा संचालनमा ल्याउन थालेको हो।
ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले यस्तो सेवा सुरु गरिएको बैंकले जानकारी दिएको छ। शाखारहित सेवा संचालन भएका स्थानबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ।
देशभर ३ सय १० शाखा कार्यालय रहेको बैंकले ३८९ वटा एटिएम संचालनमा ल्याइसकेको छ। ९१ एक्स्टेन्सन काउन्टरसमेत संचालन भएको बैंकले १८ लाखभन्दा बढी ग्राहक भएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।