काठमाडौं- संस्कृत पर्यटन तथा नागरिक उड्डयममन्त्री योगेश भट्टराईले विदेशबाट ल्याइएका चामल र दात बिक्री गरेर होमस्टे सञ्चालन हुनु दुःखद भएको बताएका छन्।
आन्तरिक उत्पादनलाई प्रोस्ताहन गर्ने र पर्यटकलाई सहजता दिने उद्देश्यले सञ्चालनमा ल्याइएको होमस्टे विदेशी चामल र दाल बिक्री गर्ने केन्द्र बनेकोमा उनको दुखेसो थियो।
पर्यटन मन्त्रालयमा मंगलबार भएको भिजिट नेपाल २०२० को तयारीलाई लक्षित गरि एनजिओ आइएनजिओ महासंघसँग भएको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका हुन्।
त्यस्तै उक्त कार्यक्रममा पर्यटन होमस्टेलाई कारको दायरामा ल्याउने विषयसमेत उठेको थियो। साथै मन्त्री भट्टराईले होमस्टे स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र स्थानियलाई रोजगारी हुने हेतुले ल्याइएको पनि बताएका थिए। तर होमस्टेले उद्देश्यअनुरुप काम नगरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।