काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधि र वैदेशिक रोजगार विभागबीच मंगलबार छलफल भएको छ।
छलफलमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधान गर्ने विषयमा एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता विभागले जनाएको छ।
विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि गैरआवासीय नेपाली संघसँग हातेमालो गर्न इच्छुक रहेको जानकारी गराए।
गन्त्वय मुलुकका कम्पनीहरुलाई नेपाली कामदारको हक अधिकार सुनिश्चित गर्न संघले पनि भूमिका खेल्नु पर्ने महानिर्देशक भुसालले सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।