काठमाडौ- प्रभु बैंक लिमिटेडले मंसिर १२ गतेदेखि काठमाडौं महानगरपालिका वडा नं ८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नो १ सय ९७औं शाखा सञ्चालनमा ल्याउने भएको छ।
शाखा कार्यालयको बिहीबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै सदस्य सचिव ढकालले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई सेवा दिएको भन्दै धन्यवाद दिए।
पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा थप सहजता बढाउने बैंकले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।