काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले जहाजमा भिजिट नेपाल २०२० को लागो राखेको छ।
योसँगै राष्ट्रिय झन्डा सहित उडान गर्दै आएको नेपाल एयरलाइन्सले भिजिट नेपाल २०२० का लागोसहित उडान थालेको हो। केही दिन अगाडि निगमले भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि जहाजमा लोगो राख्ने निर्णय गरेका थियो।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा मंसिर ५ गते बसेको कार्यकारी समितिको बैठकले निगमका सम्पूर्ण विमानहरु र निगमको स्वामित्वमा रहेका सबै सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२०का लोगोहरु टास्ने निर्णय गरेका थिए।
नेपाल एयरलाइन्ससँग अहिले अन्तर्राष्ट्रिय उडानमा २ वटा एयरबस ३२० र २ वटा वाइडबडी ए३३० जहाज छन्। यसैगरी आन्तरिक उडानमा भने ३ वटा ट्विनअटर, २ वटा एमए–६० र ४ वटा वाई–१२ जहाज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।