काठमाडौं- कतिपय जिल्लामा रहेका कोष तथा लेखानियन्त्रक कार्यालयहरुले गत आर्थिक वर्षको आर्थिक विवरण यथार्थरुपमा नराखेका कारण महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गर्दा समस्या देखिएपछि महालेखा नियन्त्रक कार्यालयले विवरण मिलाउन परिपत्र गरेको छ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखानियन्त्रक कार्यालयहरुलाई गरेको परिपत्रमा महालेखा परीक्षकबाट गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण भइरहेको र जिल्लास्थित कार्यालयहरुको प्रमाणित आर्थिक विवरणलगायतका अन्य आर्थिक प्रतिवेदनहरु समयमा तयार नभएको जानकारी आएकाले तत्काल त्यसको व्यवस्था मिलाउन भनिएको छ।
महालेखा नियन्त्रकले आफ्नो आन्तरिक लेखापरीक्षण सम्पन्न गरी त्यसको अन्तिम प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइसकेको छ। महालेखापरीक्षकले ती सबै आर्थिक विवरणको अन्तिम लेखापरीक्षण अघि बढाइसकेको छ। उसले यो प्रतिवेदन चैत अन्तिममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरी सार्वजनिक गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।