काठमाडौं- राशी अटोमोबाइल्सले उपभोक्तालाई ध्यानमा राखेर न्युहोल्याण्ड एक्स्चेन्ज स्किम सार्वजनिक गरेको छ। यस स्किम अन्तर्गत पुराना ब्याकुलोडरहरु ल्याएर उपभोक्ताले नयाँ साटेर लैजान सक्नेछन्। यो स्किम अन्तर्गत एक्स्चेन्ज गरि नयाँ न्युहोल्याण्ड ब्याकुलोडलर लिने ग्राहकले नयाँ मेसिनमा २ वर्षसम्मको वारेन्टी पाउने छन्।
साथै, नयाँ मेसिन खरिद गर्ने ग्राहकलाई ज्योति विकास बैंकबाट ८० प्रतिशतसम्मको ऋण लिन सक्ने गरि बैंकसँग सम्झौता भएको छ। राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक कपिल शिवाकोटीले यो एक्स्चेन्ज स्किम अन्तर्गत पुरानो ब्याकुलोडर सञ्चालनगरि रहेका ग्राहकहरुले आफ्नो पुरानो ब्याकुलोडर राशी अटोमोबाइल्सको सातदोबाटो स्थित शोरुममा दिएर नयाँ न्युहोल्याण्डको ब्याकुलोडर लिएर जान सक्ने बताए।
त्यस्तै यो एक्स्चेन्ज स्किम राशी अटोमोबाइल्स अन्तर्गत देशभरका डिलरहरु मार्फत पनि साट्न सकिने कम्पनीले जनाएको छ। पुराना ब्याकुलोडरलाई ‘जति मोडेल त्यती दाम’ अनुसार भ्याल्युएसन गरिने पनि कम्पनीले जनाएको छ। राशी अटोमोबाइल्सका महाप्रबन्धक रामबाबु तिवारीका अनुसार उपभोक्ताको सहजताको लागि ज्योति विकास बैंकसँग सहकार्य गरिएको जानकारी दिए।
पुरानो ब्याकुलोडर साटेर नयाँ न्युहोल्याण्ड ब्याकुलोडर मेसिन लिएर जाने ग्राहकहरुलाई ग्राहकहरुकै घर दैलो सम्मनिःशुल्क डेलिभरीको ब्यवस्था गरिएको र पुरानो ब्याकुलोडर पनि कम्पनीले कुनै शुल्क नलिई मेसिन रहेको स्थानबाट उठाएर ल्याउने व्यवस्था कम्पनीले गरेको छ।
नेपालमा न्युहोल्याण्ड कन्स्ट्रक्सन इक्युप्मेन्टहरु भुषाल समुह अन्तर्गतको बिएस मोर्टसले आयात गर्ने र नेपालको ग्राहकहरुले राशी अटोमोबाइल्स र यस अन्र्तगत रहेका डिलरहरु मार्फत बिक्री हुँदै आएको छ।
हाल राशी अटोमोबाइल्सको सातदोबाटोमा र यसअन्तर्गत १० डिलरहरु नेपालको सहरमा रहेका छन्। विभिन्न ७ सहरमा नयाँ डिलरहरु सञ्चालनमा ल्याउने तयारी राशी अटोमोबाइल्सले गरेको छ। साथै, नेपाल भर रहेका उक्त डिलरहरुबाट न्युहोल्याण्ड कन्स्ट्रक्सन इक्विप्मेन्टका ब्याक्हुलोडर, सोइल कम्प्याक्टर, भाइब्रेटर रोलर, टेण्डम रोलरलगायत इक्विप्मेन्ट खरिद गर्न र बिक्री पछिको सेवासमेत उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।