काठमाडौं- अमेरिकाको लस एन्जलसमा एलए अटो शो नोभेम्बर २२ देखि सुरु भएको थियो। डिसेम्बर १ अर्थात् आइतबार सकिएको यो अटो शोमा विश्वका ठूला कार उत्पादकको सहभागिता रहेको थियो। एलए अटो शो २०१९ विद्युतीय सवारीमैत्री भएको छ।
एलए अटो शोमा कन्सेपट कारदेखि विलासी कारसम्म प्रदर्शनका लागि राखिएको छ। इलेक्ट्रिक तथा प्लग-इन हाइब्रिड कारको बाहुल्यता अटो शोमा देख्न सकिन्थ्यो। यहाँ मोटोवान डटकमले छानेका १० उत्कृष्ट कारबारे उल्लेख गरिएको छ।
फोर्ड मुस्ताङ म्याक-इ
एलए अटो शो २०१९ मा सबैभन्दा आकर्षक कारमध्येको एक फोर्ड मुस्ताङ म्याक-ई हो। फोर्डको मुस्ताङ कार निक्कै चर्चामा रहेको छ। मुस्ताङ कार नेपाली बजारमा समेत आएको छ। फोर्डले एलए अटो शोमा भने मुस्ताङ म्याक-ई पूर्ण इलेक्ट्रिक भर्सनमा सार्वजनिक गरेको हो।
फक्सवागन आइडी स्पेस भिजन कन्सेप्ट
जर्मन कार उत्पादक कम्पनी फक्सवागनले आइडी इलेक्ट्रिक भेइकल कन्सेप्टमा इलेक्ट्रिक कार उत्पादनलाई प्राथमिकता दिएको छ। एलए अटो शोमा फक्सवागनले आइडी स्पेस भिजन कन्सेप्ट सार्वजनिक गरेको छ। यो कारमा ८२ किलोवाट-आवर व्याट्री प्याक रहने छ। स्पेस भिजन कन्सेप्टले एक पटकको फुल चार्जमा ३ सय माइल माइलेज दिने छ।
कर्मा एससी २ कन्सेप्ट
कर्मा कम्पनीले एलए अटो शोमा इलेक्ट्रिक सुपर कार कन्सेप्ट सार्वजनिक गरेको छ। यो कार ११ सय हर्सपावरको हुनेछ। एससी २ १.९ सेकेन्डमा ६० माइलको दूरी तय गर्ने दाबी कम्पनीले गरेको छ। यो कार निकै आकर्षक हुने छ।
किया सेल्टोस २०२०
कोरियाका उत्पादक कियाको सेल्टोस २०२० पनि एलए अटो शोमा सार्वजनिक भएको छ। यो कार २२ हजार डलरभन्दा कम मूल्यको उत्कृष्ट कारको रुपमा हेरिएको छ। किया सेल्टोस २०१९ भारतीय बजारमा केही महिनाअघि सार्वजनिक भएको थियो भने यो कार नेपाल ल्याउने तयारी समेत भइरहेको छ।
हुन्डाई आरएम १९ कन्सेप्ट
हुन्डाईले एलए अटो शोमा नयाँ कन्सेप्ट कार आरएम १९ सार्वजनिक गरेको हो। २.० लिरट फोर-सिलिन्डर इन्जिनयुक्त यो कारले ३ सय ९० हर्सपावर र १ सय ५५ माइल प्रतिघन्टाको उच्च गति हुनेछ। कोरियाली कार उत्पादकले यो कार उत्पादन गर्ने तयारी समेत गरेको छ।
निसान सेन्ट्रा २०२०
जापानी कार उत्पादक निसानले सेन्ट्रा कार १ दशकदेखि उत्पादन गर्दै आएको छ। यो सेडान कार कम्पनीले नयाँ प्रविधि तथा सुरक्षा विशेषता सहित एलए अटो शोमा सार्वजनिक गरेको हो। कम्पनीले २.० लिटर नयाँ इन्जिनमा ल्याएको यो कारको बिक्री २०२० देखि हुनेछ।
टोयोटा र्याभफोर प्राइम २०२०
टोयोटाले एलए अटो शो २०१९ मा नयाँ र्याभफोर प्राइम सार्वजनिक गरेको छ। कम्पनीले यो कार ३०२ हर्सपावरका साथै ५.८ सेकेन्डमा ६० माइल प्रतिघन्टाको दूरी तय गर्ने क्षमतामा ल्याएको हो। यो कार प्लग-इन हाइब्रिड पावरट्रेनमा समेत उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।