काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई विन्टर डिलाइट’ योजना ल्याएको छ।
यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्नेछन्। यो योजनामा १ वर्षसम्मको निःशुल्क बिमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मूल्यांकनको सुविधा र एक वर्षसम्मको निःशुल्क सडक कर समेत प्राप्त गर्न सक्नेछन्।
साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि पाउन सकिने छ।
चिसो मौसममा हुन्डाई विन्टर डिलाइट योजनाले ग्राहकलाई न्यानोपनको आभाष प्रदान गर्ने विश्वास कम्पनीको छ। यो योजना सीमित अवधिका लागि लागु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।