काठमाडौं– एनआईसी एसिया बैंक सार्क क्षेत्रको साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स् डिस्क्लोजर्स–सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ।
बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच बैंकले उक्त अवार्ड पाएको हो। सार्क राष्ट्रहरुको लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ।
बैंकले मुलुकभर ३ सय १० शाखा कार्यालयहरु, ३ सय ९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिंङमार्फत् बैंकिङ सेवा प्रदान गर्दैआएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।