काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड सन् २०१९का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ले सन् २०१९ का लागि अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’बाट मेगा बैंकलाई सम्मान गरेको हो।
बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले 'बैंक अफ दि एयर, २०१९' को सम्मान ग्रहण गरेका थिए। 'दि बैंकर'ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजारभन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ।
बैंकले १ सय ११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १ सय १२ वटा एटिएम मेसिन, १ सय १९ वटा शाखारहित बैंकिङ्ग केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।