काठमाडौं- सुनको मूल्य बढेको छ। बुधबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुनको मूल्य ७१ हजार ४ सय रुपैयाँ तोकिएकोमा बुधबार ८ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।
सुनको भाउ बढेको दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य ८६५ रुपैयाँ प्रतितोला तोकिएको छ। मंगलबार ८५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो।
मंसिर ५ गतेपछि ७२ हजार रुपैयाँबाट ओर्लिएको सुन करिब २ सातापछि फेरि ७२ हजारभन्दा माथि उक्लिएको छ। सबैभन्दा धेरै सुन कारोबार हुने मध्येको मंसिरमा सुनको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।