काठमाडौं- बिहीबार सुनको मूल्य घटेको छ। स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ तोकिएको छ। बुधबार सुनको मूल्य ७२ हजार २ सय रुपैयाँ तोकिएकोमा बिहीबार २ सय रुपैयाँले घटेको महासंघले जनाएको छ।
सुनको भाउ घटेको दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य ८ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ। बुधबार ८ सय ५६ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।