काठमाडौं- नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको छनोट प्रक्रिया लम्बिएको छ।
सिइओ छनोटका लागि सर्टलिस्टमा परेका ४ जनाका लागि मंसिर २२ गते अन्तर्वार्ताको मिति तोकिएको थियो। तर त्यो समयसीमा एक हप्ता बढाएर मंसिर ३० गतेका लागि अन्तर्वार्ताको मिति तय गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
पुनर्बिमा कम्पनीले गत असोज २४ गते प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन मागेको थियो। अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनी नेतृत्वको छनोट समितिले ४ जनाको अन्तिम सूची तयार पारेको थियो। ४ वर्षे कार्यकालका लागि अशोककुमार पौडेल, चिरायु भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी छनोट भएका हुन्।
तत्कालीन प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकिएपछि रिक्त स्थानमा पदपूर्तिका खुला प्रतिस्पर्धाबाट सिइओ छान्न लागिएको हो।
छनोट समितिले अन्तर्वार्ता सकेपछि गरेको सिफारिसअनुसार अर्थ मन्त्रालयले एकजनालाई सिइओ नियुक्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।