काठमाडौं- यो साता निरन्तर बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन महिनायताकै उच्च बिन्दुमा पुगेकाे छ। यो साता नेप्से परिसूचक ३७ दशमलव ३ अंकले बढेको छ भने सातामा तीन दिन दोहोरो अंकको वृद्धि देखिएको छ।
सातामा कारोबारको पहिलो दिन आइतबार ३ दशमलव ४५ अंकले बढेको परिसूचक सोमबार १३ दशमलव ५१ अंकले बढेको थियो।
त्यस्तै मंगलबार २ दशमलव ४८ अंकले बढेको परिसूचक बुधबार १० दशमलव ११ अंक बढ्यो। कारोबारको अन्तिम दिन बिहीबार ११ दशमलव १७ अंकको वृद्धि देखिएपछि परिसूचक १ हजार १ सय ७२ दशमलव ६४ अंकमा कायम भएको छ।
यो साताकाे कारोबारपछि पछिल्लो तीन महिना यताकै उच्च बिन्दुमा पुगेको छ। गत असोज १ गते नेप्से १ हजार १ सय ७३ दशमलव ४३ को अंकमा कायम भएको थियो भने त्यसपछि नेप्से निरन्तर घट्दो क्रममा थियो।
गत भदौ १० गते नेप्से १ हजार २ सय बिन्दुभन्दा तल झरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।