काठमाडौं– उत्तर कोरिया र दक्षिण कोरियाको सीमाक्षेत्र छ, डिएमजेड (डि-मिलिट्राइज्ड जोन)। सीमामा दुवै देशका सैनिक भए पनि उक्त क्षेत्रमा खाली रहने गरेको छ।
जहाँ दुवै देशका प्रशस्त सैनिकहरु रहने गरेका छन्।
जापानको ओसाकामा जारी जी–२० शिखर सम्मेलनमा भाग लिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यही क्षेत्रबाट दक्षिण कोरिया जानेछन्। उनी शनिबारदेखि दुई दिनको यात्राबाट दक्षिण कोरियाको राजधानी सोल पुग्नेछन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति ट्रम्पले अचानक किम जोङ उनलाई भेटको प्रस्ताव गरेका छन्।
ट्रम्पले लेखेका छन्, ‘केही महत्वपुर्ण भेट, जसमा चीनका राष्ट्रपति सी सहितको भेटपछि अब दक्षिण कोरिया जाँदैछु। यदि चेयरम्यान किम जोङ उनले चाहे हामी सीमामा हात मिलाउन सक्छौं। हेलो भन्न सक्छौं।’
.png)
जपानको ओसाकामा भइरहेको जी–२० सम्मेलनका क्रममा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले शनिबार विहानै किमसँगको भेट हुनेबारे सोचेको बताएका थिए। साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको साथ उनले लञ्च गरेका थिए। पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यदि उनी उक्त स्थानमा भएमा हामी दुई मिनेट भेट गर्ने छौं। यो राम्रै हुनेछ।’
कि राष्ट्रपति ट्रम्पले किमसँग भेटघाट गर्ने प्रस्ताव दिनुभन्दा पहिला आफ्ना अधिकारीहरुको यस बारेमा बताएका छन् कि छैनन्, स्पष्ट हुन सकेको छैन।
खराब मौसमका कारण फर्कनुपरेको थियो
राष्ट्रपति ट्रम्पले नोभेम्बर २०१७ मा कोरिया विभाजन गर्ने क्षेत्र डिएमजेडको भ्रमण गर्ने प्रयास गरेका थिए। तर खराब मौसमका कारण उनी फर्कन बाध्य भएका थिए।
ट्रम्प र किमबीच यो वर्ष फ्रेब्रुअरीमा हनोईमा भेट भएको थियो। तर त्यो भेट असफल भएको मानिन्छ। यही भेटपछि दुई देशको सम्बन्धमा दरार आएको मानिँदै आएको छ।
अमेरिकी चाहना उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकोस् भन्ने छ। तर उत्तरले आफूमाथि लागेको आर्थिक प्रतिबन्धबाट राहत चाहँदै आएको छ।
पछिल्ला महिनाहरुमा ट्रम्पले किमको नाम पटकपटक लिने गरेका छन्। गत साता उनले उत्तर कोरियाली सर्वोच्च कमान्डर किमलाई एक व्यक्तिगत पत्र समेत लेखेका थिए। किमले उक्त पत्रको जवाफमा सानदार रहेको भनी टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।