• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चन्द्रनहरका एक दर्जन साइफन र कल्भर्ट थुनिँदा स्थानीयलाई बाढीको पिरलो

सिँचाइ डिभिजन‍‍ले ध्यान दिएन, सिडिओ कार्यालय पुग्यो उजुरी
64x64
नेपाल लाइभ मंगलबार, असार १७, २०७६  ०८:२३
1140x725

राजविराज– २०७३ साउन २८ मा आएको बाढीले सप्तरीका कोशी पम्प, चन्द्रनहर र कोशी पश्चिमी नहर गरी तीन वटै ठूला सिँचाइ प्रणालीमा ४४ करोड रुपैयाँभन्दा बढीको क्षति गर्‍यो।

चन्द्रनहर प्रणालीको तिरहुत गाउँपालिकास्थित बुधेवामा नहरको पानी पास गर्ने प्रणाली (एक्युडक्ट) बिग्रिँदा सबैभन्दा ठूलो क्षति भएको थियो। कोशी पम्प चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयको रेकर्डअनुसार बाढीले चन्द्रनहरमा मात्रै १८ करोड ३७ लाख रुपैयाँभन्दा बढीको क्षति गरेको छ।

यसका साथै खहरे खोलामा आएको बाढी पास गर्न बनाइएका साइफन/कल्भर्ट थुनिएर फत्तेपुर, प्रसाहा, भगनी, घोघनपुर, सुब्बाटोल, बडहरा टोल, मैनाकडेरी, ओद्राहा, बलुवा, बरमझिया, गोइठी, डिमन, बनौलीलगायतका खण्डमा समेत बाढीले नहरमा क्षति पुर्‍याएको थियो।

तत्कालीन समयमा कार्यालयले भत्किएका अधिकांश ठाउँमा मर्मत/सम्भार गरी सिँचाइको व्यवस्था त मिलायो। तर, खहरे खोलाको निकासका लागि बनाइएका र वर्षौंदेखि थुनिएका साइफन/कल्भर्ट खुलाउने विषयमा भने कुनै ध्यान दिएको छैन। साइफन/कल्भर्ट व्यवस्थापनमा ध्यान नदिँदा नहरमा क्षति पुगेको र आसपासका खेतीयोग्य जमिन पनि बालुवाले पुरेको स्थानीयको गुनासो छ।

यस्तो छ साइफनको समस्या
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९८० को दशकमा (सन १९२३ देखि १९२७) निर्माण गराएको मुलुककै पुरानो सिँचाइ प्रणाली हो, चन्द्र नहर।

तत्कालीन समयमा खहरे खोलाले नहरलाई क्षति पुर्‍याउने खतरा मूल्यांकन गरी सुरक्षा गर्न नहरको मुनिबाट पानी पास हुने गरी आवश्यक ठाउँमा साइफन/कलभर्ट निर्माण गराइएको छ। तर, नहरको हेड बाँधदेखि गंगाजली खोलासम्म निर्माण भएका करिब १ दर्जन साइफन अहिले बन्द भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बंगलाचौरीस्थित तत्कालीन सिँचाइ कार्यालय भवनदेखि पूर्व, विष्णु मन्दिरको छेउ, गोवर्द्धन वैरागी जनता माविको छेउ, प्रसाहा टोल लगायतका करिब १ दर्जनभन्दा बढी स्थानमा रहेका साइफन बन्द भएका छन्। अव्यवस्थित बसोबास तथा सिँचाइ कार्यालयको बेवास्ताका कारण साइफन सञ्चालन हुन नसकेको र त्यसैका कारण खहरे खोलाको बाढीले नहर तथा खेतीमा क्षति गर्ने गरेको स्थानीयहरु बताउँछन्।

बाढीले नहरमा मात्र नभई आसपासका सयौं विघा खेतीयोग्य जमिनसमेत बालुवाले पुर्ने गरेको र टेंग्रा खोला नजिकैको वस्तीसमेत खतरामा परेको उनीहरुको भनाइ छ।

जिल्ला प्रशासन पुग्यो उजुरी
सिँचाइ कार्यालयले भएका साइफन व्यवस्थापन नगर्दा गाउँवस्ती जोखिममा परेको र नहरका संरचनासहित खेतीयोग्य जमिनमा समेत क्षति पुगेको भन्दै त्यसविरुद्ध स्थानीवासी जुर्मुराएका छन्। उनीहरुले साइफन सञ्चालन र सर्वसाधारणलाई आइपर्ने समस्या निराकरणको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत जेठ २४ गते सप्तकोशी नगरपालिका १, २ र ४ का ८९ जना सर्वसाधारणले दर्ता गराएको उजुरीमा वडा नम्बर १ र २ स्थित चुरे वन क्षेत्रबाट निस्कने अमाहा, सत्रपत्रे, बाँदर खोपी, तुरतुरिया, झाडीखण्ड, भलुवाईलगायतका खोलाको बाढी साइफनका कारण बन्द हुँदा क्षति बढेको उल्लेख छ। ‘प्राकृतिक रुपमा पानीको बहाव मुख्यरुपमा उत्तरतर्फ त्रियुगा नदीमा बग्ने गरेको थियो,’ उजुरीमा भनिएको छ, ‘रहलपहल पानी विभिन्न दिशातर्फ छरिएर बग्दा बाढी र पहिरोको जोखिम थिएन।’

नहरका कल्भर्ट/साइफन बन्द गरी सबै पानी वडा नम्बर ४ स्थित टेङ्गार खोलामा मिसाउँदा त्यस क्षेत्रका सर्वसाधारण विस्थापित हुने बेला आएको र खेतीयोग्य जमिन बालुवाले पुरेको उनीहरुको आरोप छ।

अर्कोतर्फ सप्तकोशी नगरपालिकाकै बजेट खर्चिएर वन क्षेत्रभित्र बाँध बाँधी खहरे खोलाहरुको पानीको प्राकृतिक बहावलाई त्रियुगातर्फ जानबाट रोकिएको उनीहरुको भनाइ छ। अमाहालगायत वडा नम्बर १ र २ का खहरे खोलालाई वडा नम्बर ४ स्थित चन्द्र नहरको टेंग्राहा साइफनमा फर्काइएपछि आफूहरु अन्यायमा परेको उजुरीमा उल्लेख गरिएको छ।

स्थानीयवासीले यस सम्बन्धमा ०७५ जेठ ११ गते सप्तकोशी नगरपालिकामा पनि निवेदन दिएका थिए। सो सम्बन्धमा कुनै सुनुवाई नभएको स्थानीयहरु बताउँछन्।

'नगरपालिका र डिभिजन वन कार्यालयद्वारा बजेट दुरुपयोग'
बाँध र साइफन मर्मतका नाममा सप्तकोशी नगरपालिका र कोशी पम्प चन्द्रहर सिँचाइ डिभिजन कार्यालयले रकमको समेत दुरुपयोग गरेको स्थानीयहरुको आरोप छ।

‘आव २०७४/०७५ मा सप्तकोशीले टेंग्राहा साइफन सरसफाइका नाममा लाखौं रुपैयाँ खर्चियो। तर, बजेट दुरुपयोग गरी सो क्षेत्रका निमुखा जनताको उठिवासको अवस्था सिर्जना गरेको छ,’ उजुरीमा भनिएको छ, ‘चालू आव २०७५/०७६ मा सिँचाइ कार्यालयले पनि टेंग्राहा साइफनदेखि उत्तरतर्फ नहरको पश्चिमी बाँधको मर्मत कार्य गरेको अवस्था छ।’

जिल्ला प्रशासनको तीन कार्यालयलाई पत्र
सर्वसाधारणको उजुरीपछि जिल्ला प्रसासन कार्यालय सप्तरीले सप्तकोशी नगरपालिका, चन्द्रनहर सिँचाइ डिभिजन कार्यालय र डिभिजन वन कार्यालयलाई पत्रचार गरी वास्तविक्तासहित तत्काल राय प्रतिक्रिया पठाउन निर्देशन गरेको छ।

निर्देशनअनुसार आफूहरुले समस्याको अनुगमन गरिरहेको र एक साताभित्रै प्रतिवेदन बुझाउने चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर सुनिल झाले बताए। उनले साइफन बन्द भएको र बाढीले बेलाबखत नहरको बाँध भत्काउने गरेको स्वीकार्दै प्रतिवेदनमार्फत वास्तविकता प्रस्तुत गर्ने जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्