• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सावित्री हत्याकाण्ड : ४ वर्षीय बालकले लिए हत्याराको नाम, १२ लाख सुपारी कुरेर बसेका भारतीय कसरी समातिए?

प्रेमीसँग मस्ती गर्न आमाको हत्या
64x64
नेपाल लाइभ सोमबार, असार १६, २०७६  १३:५५
1140x725

काठमाडौं– भनिन्छ, 'सन्तान कुसन्तान हुन सक्छन्, आमा कदापि कुमाता हुन्नन्।'

यही उक्तिलाई पुष्टि गर्नेगरी घटना भयो, भक्तपुरको चाँगुनारायणमा। 

——

असार १५ का दिन धेरैलाई धान रोप्ने चटारो थियो। ६१ वर्षीया सावित्री भट्टराई भने गृहणीको रुपमा घरमै थिइन्।

उनी आफ्नी कान्छी छोरी २७ वर्षीया ईश्वरी भट्टराई र ज्वाइँ सोनाम थापामगरको घर चाँगुनारायणमा  बस्दै आएकी थिइन्। छोरी-ज्वाइले चाँगुनारायणमा घर बनाएको करिब डेढ महिना मात्रै भएको थियो। सावित्रीको जिम्मा ४ वर्षीय नाति दिप्सनलाई स्कुल पुर्‍याउने थियो। 

१५ गते बिहानै छोरी ईश्वरी घरबाट निस्किसकेकी थिइन्। ज्वाइँले सिनामंगलमा होटल सञ्चालन गर्दै आएका थिए। उनी कहिलेकाहीँ मात्रै घर आउँथे। त्यसदिन उनी घर आएका थिएनन्। 

सावित्रीको हत्या गरिएको घर

आइतबार घरमा नाति र सावित्री मात्रै थिए। बिहान साढे ९ बजे दुई युवक पुगे। तीमध्ये एउटालाई उनले पहिल्यैदेखि चिनेकी थिइन्। उनी थिए, सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसाद। नौसादसँग गएका अर्का व्यक्तिलाई भने सावित्रीले चिनिनन्।

नौसाद यसअघि पनि त्यस घरमा गइरहन्थे। सावित्रीसँग नौसादले डेढ लाख रुपैयाँ ऋण लिएर विदेश (दुबई) समेत गएका थिए। घरमा रेकी गर्न गएका नौसाद र सावित्रीबीच पैसाकै विषयमा सामान्य भनाभन पनि भएको थियो। त्यही विषयमा सावित्रीले कुचोले नौसादलाई पिटिन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि उनी नाति दिप्सनलाई स्कुल पुर्‍याउन बाटो लागिन्। उनीहरु पनि घरबाट बाहिरिए।

नातिलाई स्कुल पुर्‍याएर करिब आधा घन्टाबीचमा सावित्री घर फर्किइन्। त्यसको केही समयमै तीन युवा पुन: सावित्रीको घरमा प्रवेश गरे।

'एउटाले हात समाते, अर्काले मुख थुने र अर्काल एकले सावित्रीको घाँटी रेटेर हत्या गरेको पाइयो,' महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले सोमबार पत्रकार सम्मेलनमा सुनाए। 

सावित्रीको हत्या गर्दा करिब ११ बजिसकेको थियो। हत्या कसले किन गरेको रहस्यकै गर्भमा थियो। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान सुरु गरे। अन्तत: घटना भएको २४ घन्टा नबित्दै हत्यामा संलग्न ४ जना पक्राउ परे। हत्याको मुख्य योजना बनाएकी थिइन्, छोरी ईश्वरीले।

४ वर्षीय दिप्सनले बताए हत्याराको नाम
नौसादलाई सावित्रीले पनि चिन्थिन्। तर, उनको हत्या भइसकेको थियो। नौसादलाई घरमा देख्ने साक्षीको रुपमा ४ वर्षीय नाति दिप्सन मात्रै थिए। 

'नौसाद पहिला पनि पटकपटक आफ्नो घरमा आउने गरेकाले दिप्सनले सहजै चिन्ने गरेका रहेछन्,' अपराध महाशाखाका डिएसपी रवीन कार्की भन्छन्, 'दिप्सनले नौसाद आएको भनेर नाम लिएपछि अनुसन्धानमा थप सहज भयो।'

त्यसपछि प्रहरीले नौसाद को हुन्, के गर्थे भन्नेतर्फ अनुसन्धान बढाएको थियो। 

हत्यामा संलग्न प्रेमी नौसाद (सेतो टिसर्टमा), मोहम्मद रहिश र भोला कुमार (बीच)

अनुसन्धान क्रममा सिरहा घर भएका नौसाद डेढ महिनाअघि मात्रै दुबई गएको अनुसन्धानबाट खुलेको छ। तर, डेढ महिना दुबई गएको मान्छेबाट कसरी हत्या हुन सम्भव छ? अनुसन्धानमा खटिएका प्रहरी नै अलमलमा परे। नौसाद नेपाल आए/नआएको भन्ने यतिन्जेल प्रहरीलाई थाहा नै थिएन।

भाइसँगको त्यो कल, जसले खोल्यो पोल
नौसाद दुबईबाट काठमाडौं आएको असार १५ गते ९ दिनमात्रै पुग्दै थियो। त्यसबीच उनले कसैलाई फोन सम्पर्क गरेका थिएनन्। जसकारण उनी काठमाडौं आए/नआएको पत्तो थिएन। तर हत्याको एक-दुई दिनअघि मात्रै नौसादले आफ्ना भाइलाई फोन गरेका थिए। 

दाइसँग भएको फोन सम्पर्कका बारेमा उनले ईश्वरीकी दिदी (हत्या गरिएकी सावित्रीकी साइँली छोरी) लाई सुनाएका थिए। साइँली छोरी हाल डिभोर्स गरेर बसेकी छिन्। नौसादका भाइ र उनको राम्रै चिनजानसमेत थियो। अनुसन्धानका क्रममा नौसाद काठमाडौं आएको र फोन सम्पर्कसमेत गरेको साइँली छोरीबाट थप पुष्टि भयो। त्यसपछि मोबाइल लोकेसनका आधारमा नौसाद आइतबार राति धादिङको गजुरीबाट पक्राउ परे।

नौसादकै बयानका आधारमा सावित्रीकी छोरी २७ वर्षीया ईश्वरी भट्टराई, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरिएको हो। 

अवैध यौन सम्बन्धको परिणाम
६१ वर्षीया वृद्ध सावित्रीको हत्याको मुख्य कारण यौन सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका नौसाद र ईश्वरीबीच एक वर्षदेखि चिनजान थियो। उनीहरु राजधानीको एक गार्मेन्टमा सँगै काम गर्थे। चिनजानकै क्रममा उनीहरुको सम्बन्ध प्रेममा बदिलियो।

एक वर्षदेखि नै उनीहरुबीच यौन सम्पर्कसमेत हुँदै आएको दुवैले स्वीकार गरिसकेका छन्।

आमा सावित्री हत्यामा संलग्न छोरी ईश्वरी 

ईश्वरीका एक छोरा र श्रीमान् छन्। आमा सावित्रीलाई केही वर्ष पहिलादेखि नै श्रीमान्‌ले छाडेको र छोरा नभएकाले उनी कान्छी छोरी ईश्वरीकोमा बस्दै आएकी थिइन्। 

सावित्रीका चार छोरी छन्।

यौन सम्पर्कसम्म भइसकेपछि ईश्वरी र नौसाद दुवैले एक-अर्कालाई छाड्न सकेका थिएनन्। त्यसका लागि बाधक बनेकी सावित्रीलाई हत्या गर्ने योजना अनुसार ईश्वरीले नौसादलाई डेढ महिनाअघि दुबई पठाएको एसएसपी थापा बताउँछन्।

'नौसाद जाने बेला नै ईश्वरीले एउटा सिमकार्ड दिएकी थिइन्। डेढ महिनामा काठमाडौं फर्किसकेपछि यही सिम प्रयोग गर्नु, तर मलाई फोन नगर्नु, घर खाली गराउने व्यवस्था म गर्छु। त्यही मौकामा हत्या गरेर भाग्नु' सावित्रीले नौसादलाई भनेका कुरा एसएसपी थापाले सुनाए।

आमा सावित्रीको हत्या गरेपछि श्रीमान् सोनामलाई पनि जापान पठाउने र आफूहरु आनन्दले काठमाडौंमा बस्ने योजना उनीहरुको रहेको प्रहरीले जनाएको छ। 

१२ लाखामा डिल, सुको नलिई हत्या
ईश्वरीकै आइडिया र योजनामा दुबई गएको डेढ महिनामै फर्किएका थिए, नौसाद। अब उनलाई सावित्रीको हत्या गर्नु थियो। सोही योजना अनुसार भोला कुमार र मोहम्मद रहिशलाई नौसादले १२ लाख रुपैयाँको सुपारी दिन्छन्। 

रहिश नौसाका फुपूका छोरा हुन्। भोला भने काठमाडौं ढुंगेअड्डामा गार्मेन्टमै काम गर्छन्। उनीसँग पनि नौसादको पहिल्यै चिनजान थियो। १२ लाख रुपैयाँमा लोभिएर उनीहरु सावित्रीको हत्या गर्न तयार हुन्छन्। काम फत्ते भएपछि दाम दिने वचन नौसादले दिएका हुन्छन्। 

सोही योजना अनुसार नौसादले सावित्रीको मुख थुन्छन्, भोलाले हात समाउँछन् र रहिशले चक्कुले घाँटी रेटेर हत्या गर्छन्।

हत्यामा प्रयोग गरिएको चक्कु र रगत लतपतिएका कपडा

त्यसपछि उनीहरु फरार हुन्छन्। 

भोला र मोहम्मद रहिशले राति १० बजेतिर आफूले पाउनुपर्ने १२ लाख रुपैयाँ खोइ भन्दै नौसादलाई फोन गर्छन्। तर, नौसाद त्यसअघि नै प्रहरी नियन्त्रणमा परिसकेका हुन्छन्। 

प्रहरीले सिकाए अनुसार मकवानपुर पुगिसकेका उनीहरुलाई नौसाद भन्छन्, 'पैसा लिएर आउँछु। बस्दै गर।'

१२ लाख लिने आसमा मकवानपुरमा कुरेर बसेका उनीहरुलाई पनि राति २ बजेतिर प्रहरीले पक्राउ गर्छ। त्यसपछि यो सबै हत्याको योजना ईश्वरीले गरेको बयान नौसादले दिन्छन्। आमाको हत्या भयो भन्दै नाटकीय रुपमा आँसु झारेर बसेकी ईश्वरीलाई पनि राति नै प्रहरीले घरबाटै पक्राउ गर्छ। 

सम्बन्धित

  • चाँगुनारायण हत्याकाण्ड: आफ्नै छोरीले प्रेमीसँग मिलेर गराइन् ६१ वर्षीया आमाको हत्या

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्