• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नेपाल एयरलाइन्सलाई बोझ बन्दै कार्यकारी अध्यक्ष खरेल

64x64
नेपाल लाइभ मंगलबार, असार १७, २०७६  ०४:५९
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगमको ६१औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निगम व्यवस्थापनकै कारण राष्ट्रिय ध्वजाबाहक वायुसेवा प्रदायक संस्था बिरामी परेको बताए। 

‘जहाजका कारण निगम बिग्रिएको होइन, व्यवस्थापनका कारण निगमको बदनाम भएको हो,’ निगमका कार्यकारी अध्यक्ष मदन खरेलप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले निगमलाई सहयोग मात्रै हैन काँध नै थाप्न तयार छ। तर, आवश्यक परेको अवस्थामा हस्तक्षेप पनि हुन्छ।’ 

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले निगमलाई तत्कालको अवस्थामा एक रुपैयाँ पनि दिन नसक्ने बताए। तर, निगम कार्यकारी अध्यक्ष खरेलले भने सरकारले निगमको विकासका लागि २० अर्ब रुपैयाँ पुँजी विस्तारमा सहयोग गर्नुपर्ने बताइरहेका थिए।  

प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको पनि स्पष्ट पारे।  तत्काल नेपाल वायुसेवा निगमको समग्र काम कारबाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने समेत प्रधानमन्त्री ओलीले बताए।

‘निगमको व्यवस्थापन र सञ्चालनमा तत्काल सुधार आउनुपर्‍यो, नभए त्यसको सञ्चालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ प्रधानमन्त्री ओलीको नेपाल वायुसेवा निगमलाई प्रश्न थियो, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन?’ 

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउन गन्तव्यको खोजी गर्न नसकेकोमा पनि टिप्पणी गरे। उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे। ’सरकार सहयोग मात्र हैन, काँध थाप्न पनि तयार छ। तर, आँखा चिम्लेर बिना ग्यारेन्टी रकम दिन मिल्दैन। त्यसमा पनि अहिलेको अवस्थामा रकम दिन मिल्दैन। व्यवस्थापन ठिक हुनुपर्छ।’

सम्बोधन अवधिभर निगम व्यवस्थापनमाथि आक्रोश पोखेका प्रधानमन्त्रीले निगमको यस्तो अवस्था नसुध्रिए निगम सफल हुन नसक्ने ठोकुवा गरे। ’यस्तो अवस्थामा नेपाल वायुसेवा निगम कसरी सफल हुन्छ? सफल हुन सजिलो छैन। अहिलेसम्म भएको प्रगति र उन्नति के छ? कसरी ३७/३८ अर्ब ऋण भयो। यो दान दिने संस्था त हैन। निगम व्यापारिक संस्था हो। किन सिकिस्त बिरामी छ? निगम निःशुल्क स्वास्थ शिबिर गर्ने संस्था त हैन,’ निगम व्यवस्थापनप्रति आक्रोश पोख्दै उनले प्रश्न गरे, ’आफैंले आम्दानी गर्नुपर्छ। विमान उडाउन नसक्ने भए किन खरिद गरेको?’

Ncell 2
Ncell 2
nimb
nimb

भिडियोमा हेर्नुहोस् नेवानिप्रति प्रधानमन्त्री ओलीको आक्रोश

वाइडबडी विमानको जापान उडानबारे चासो राख्दै प्रधानमन्त्री ओलीले भने, ’वाइडबडीको गन्तव्य खोई? विमान ल्यानुभन्दा पहिले नै योजना तय हुनुपर्छ। किन जापानको ओसाका उडाउन खोजेको? ओसाका हैन नारिता किन नउडान खोजेको? नारिता उडानमा निगमले छिटो तयारी गर्नुपर्छ।’

आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगट्ने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ। उनले भने, ’विमान नउडाउने भए किन ल्याको? फेरि किन विमान थप्ने कुरा हुन्छ? भएका विमान पनि उड्दैनन्। फेरि विमान लडाएर राख्न ल्याउने हो?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले विमान सञ्चालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराए। प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पारे। उनले विमानका कारण निगमले घाटा बेहोरेको नभई व्यवस्थापनका कारण यस्तो भएको जिकिर गरे।

‘अहिले जति रकम मागिएको छ, त्यति नै फेरि अर्का वर्ष पनि दिनुपर्छ। खासमा यस्तो हुनुमा विमानले नोक्सान गरेको हैन। हाम्रा कारण नोक्सान भएको छ,’ ओलीको प्रश्न छ, ’साग बेच्नेले तिरेको करले विमान खरिदको ऋण तिर्ने काम कहिलेसम्म हुन्छ?’ प्रधानमन्त्री ओलीको यो भनाइसँगै सरकारले निगमको नेतृत्वमाथि नै शंका गरेको स्पष्ट हुन्छ। 

उनै प्रधानमन्त्री ओलीले करिब १० महिना अगाडि गत साउन २७ गते बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाल वायुसेवा निगमकै पूर्व कर्मचारी मदन खरेललाई निगम सञ्चालन बोर्ड सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको थियो। खरेललाई सञ्चालक समितिमा नियुक्ति गरेको ३ दिनपछि बसेको मन्त्रिपरिषद्को बैठकले फेरि खेरललाई निगमैको कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो।

खरेलको नियुक्ति अगाडिसम्म निगमको महाप्रबन्धक सुगतरत्न कंसाकार थिए। कंसारकारले गर्दै आएका कामको अधिकारी पनि खरेलनै गर्ने गरी अधिकार प्रत्योजन गरिएको थियो।

खरेलको नियुक्तिमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी पनि सन्तुष्ट थिएनन्।  तर, प्रधानमन्त्री ओलीले ठाडो प्रस्तावमा निगमको कार्यकारी अध्यक्षमा खरेललाई नियुक्ति गरिएको थिए। 

खरेल नियुक्तिको निर्णय भएको भोलिपल्टै मन्त्रालयले प्रक्रिया पूरा गर्न नियुक्ति प्रस्तावको फाइल मन्त्रिपरिषदमा पेस गरेको थियो। यसरी निगम कार्यकारी अध्यक्ष पदमा आएका खरेलले अहिले १० महिनाको अवधि पूरा गरिसकेका छन्। १० महिनाको अवधिमा खरेलले झन्डै २३ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको दुई वटा वाडबडी पनि फुल फेजमा सञ्चालन गर्न सकेका छैनन्। आन्तरिक तर्फका ४ वटा वाई–१२, दुई वटा एमए ६० र ट्विनअटर जहाज पनि पूर्ण रुपमा सञ्चालन भएका छैनन।

यी सबै अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले निगमलाई जहाजभन्दा पनि निगम कार्याकारी अध्यक्ष खरेल र उनको व्यवस्थापन टिम नै बोझ भएको बुझ्न असहज छैन। 

अब कुरा गरौं खरेल निगमलाई कसरी बोझ हुँदैछन्?
यो विषयको चर्चा गर्दैगर्दा सबैभन्दा पहिला प्रधानमन्त्री ओली समक्ष कार्यकारी अध्यक्षको नियुक्ति लिँदा खरेलले गरेका १२ बुँदै प्रतिबद्धता हेरौं।

१. निगमसँग रहेका जहाज को व्यवसायlक कार्यान्वयनसहित नियमित उडानको व्यवस्था मिलाउने
२.आवश्यकता अनुसार जहाज खरिद कार्यलाई उच्च प्राथमिकताका साथ सम्पादन गर्ने गराउने
३. विमान खरिद गर्दाको ऋण तोकिएको समयमा भुक्तानी गर्ने 
४. निगमको सेवालाई विश्वसनीय, नियमित, र जहाजको सिट उपयोगिता बढाउने योजना तथा सूचक निर्माण गरी लागु गराउने
५. निगमका सबै उडानलाई नाफामूलक गन्तव्यमा केन्द्रित गर्न बजारको अध्ययन विस्तार तथा त्यसको व्यवस्थापनसम्बन्धि रणनीति तय गरी लागु गर्ने गराउने
६. निगमको अन्तरिक उडानमा रहेको जहाज मर्मतसंभार गर्ने गराउने
७.निगमसँग रहेको चिनियाँ विमानको लागि आवश्यक पर्ने जनशक्ति तयार गरी नियमित उडानको व्यवस्था मिलाउने
८.विमानका लागि आवश्यक पर्ने जनशक्ति विकास गरी व्यवस्थापकीय क्षमता वृद्धि गराउने
९. ग्राउन्ड ह्यान्डलिङ सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने
१०.निगमको लेखा परीक्षण अद्यावधिक गराउने
११.निगमलाई सार्वजनिक निजी साझेदारीमा लैजाने कार्य प्रक्रियालाई उच्च प्राथमिकताका साथ सम्पादन गर्ने
१२. नेपाल सरकार संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समयसमय मा दिएको नीतिगत निर्देशनलाई उच्च प्राथमिकताका साथ सम्पादन गर्ने गराउने 

१२ बुँदे प्रतिबद्धामा कुन काम के भए?

निगमसँग रहेको जहाज उडान प्रतिबद्धता गरेका खरेलले पछिल्लो १ सय ८० दिनमा वाई-१२ जहाज ४० दिनमात्रै उडान सकेका छन। एमए ६० एउटा र टिवनअटर २ वटा पनि खरेल आएदेखि ग्राउन्डेट छ। यसैगरी अक्टोबरमा मलेसिया मर्मतका लागि पठाएको बोइङ-७५७ जनवरीमा काठमाडौं आइपुगे पनि केही दिन मात्रै जहाज नै नउडाई लिलामीको लागि सूचना प्रकाशन गरेका छन्। आन्तरिक उडानलाई प्रभावकारी बनाउन खरिद गरिने भनिएको ८ वटा जहाज खरिद प्रक्रियाको कुनै निर्णय गर्न सकेका छैन।

विमान खरिदमा लिएको ऋणको किस्ता र ब्याज पनि समयमा बुझाउन सकेका छैन। ऋणको किस्ता र ब्याज मात्रै ४ अर्ब पुग्न लागि सकेको छ।

नाफामूलक गन्तव्यको पहिचान गरी लामो दुरीका गन्तव्यमा उडान गर्दा निगम नाफामा जाने थियो। तर निगमले नयाँ गन्तव्य उडान गर्ने तयारी गरेपनि त्यसमा सफल भएको छैन। पुराना गन्तव्यमा पनि विभिन्न समस्या आउने गरेका छन्। 

आन्तरिक व्यवस्थापनकै कमजोरीका कारण जापानको नारिता छोडेर घाटा हुने निश्चित गन्तव्य ओसाका उडानको तयारी गरेको छन्। आन्तरिक उडानमा  प्रयोग हुने तर लामो समयदेखि बिग्रिएर बसको एमए-६०, वाई–१२ र २ वटा ट्विनअटर पनि मर्मत भएका छैनन्। चिनियाँ जहाज उडानका लागि आवश्यक जनशक्ति निर्माण गर्ने प्रतिबद्धता गरेपनि वाई–१२ जहाज उडान गर्ने पाइलट र एमए-६० उडान गरिरहेको पाइलट पनि ए-३२० र ए-३३० को तालिममा पठाउँदै जहाज ग्राउन्डेड भएका छन्। तर, अहिले खरलेले जहाज उडानका लागि भन्दै ६२ वर्षका केबी लिम्बू र ६४ वर्षका फिजियोनाथ नेपालीलाई वाई–१२ जहाज उडानको लागि पाइलट तालिम गराइरहेका छन्।

यसैगरी खरेलले सुगतरत्न कंसाकारकै पालामा पाएको ग्राउन्ड ह्यान्डलिङको प्रमाणपत्रलाई मात्रै प्रचार गरी थप केही काम गर्न सकेका छैनन्।

कार्यकारी अध्यक्ष भएर आएलगत्तै खरेलले सुगतरत्न कंसाकारको पालमा भएको ए-३२० जहाजको इन्जिन तथा पार्टपुर्जा मर्मतको टेन्डर अन्तिम चरण रद्द गरी पुनः टेन्डर गरेर दुई पार्टमा टेन्डर गर्ने निर्णय गरे। त्यस पहिलो एउटा पार्ट इन्जिन मर्मतको टेन्डर गरेपनि सार्वजनिक लेखा समितिले उक्त टेन्डर रद्द गर्ने निर्देशन दिइसकेको छ।

यसैगरी ए-३३० को पनि जहाज मर्मत सम्बन्धी टेन्डरमा आर्थिक हिनामिना भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले नै टेन्डर तत्काल स्थगित गर्ने निर्देशन दिएको छ। उक्त काम अहिले अगाडि बढ्न सकेको छैन। यसैगरी आफू निकटका कर्मचारी युवराज अधिकारीलाई अर्थ विभाग, अपरेशन विभागमा रवीन्द्र शेरचनलाई ल्याएका थिए। खरेलले १० महिना भइसक्दा पनि नयाँ गन्तव्य विस्तारमा कुनै काम गर्न सकेका छैन।

खरेलले कार्यकारी अध्यक्ष भएदेखि साउदी अरब, कोरिया, जापान तथा चीन उडान गर्ने बताउँदै आए। तर, अहिलेसम्म कुनै पनि गन्तव्यमा उडान हुन सकेको छैन।

केही दिन अगाडि मात्र जापानको ओसाका उडान गर्ने तय भएको तालिका पनि २६ दिन पछिलाई सार्दै फेरि भदौ१२ गतेबाट उडान गर्ने तालिका सार्वजनिक भएको छ। उडान तालिका रातको २ बजे छ। तर, भदौ १५ गतेबाट फेरि विमानस्थलको ट्याक्सी-वेको पीच परिर्वतनका लागि विमानस्थल राती बन्द हुँदैछ। यो समयमा पनि उडान नहुने आँकलन गर्न थालिएको छ। उता चीनको गोन्जाओ तथा साउदी अरब र कोरिया उडानको कुनै तयारी भएको छैन।

निगमले जहाज उडाएर ऋणको किस्ता तिर्ने नसकेको भन्दै सरकारसँग २० अर्ब रुपैयाँ मागरिहेको खरेलले निगमको सुधार भन्दा पनि हवाई माफियाको खेलमा काम गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

नेवानिप्रति प्रधानमन्त्रीको प्रश्न- यथास्थितिमा रकम दिन सक्दैनौं, विमान उडाउन ल्याएकाे कि लडाएर राख्न? [भिडियोसहित]

'क्षमता नहुँदानहुँदै नेवानिलाई चिनियाँ जहाज भिराइयो' [अन्तर्वार्ता]

नेपाल एयरलाइन्समा अध्यक्ष खरेलको मनपरी, ४ चिनियाँ वाई-१२ जहाज महिना दिनदेखि ग्राउन्डेड

एयरलाइन्स टाट पल्टियो भन्दै श्वेतपत्र जारी गर्ने खरेलले किने ८० लाखको नयाँ गाडी

वायुसेवा निगमका महाप्रबन्धक कंसाकार भन्छन्- मेरो भूमिका शून्यमा झारियो

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  ०४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्