काठमाडौं- ८ जनाको हत्यामा संलग्न नसिम खान पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शनिबार काठमाडौंबाट खानलाई पक्राउ गरेको हो।
कपिलवस्तुका खान पछिल्लो समय २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि हत्यामा संलग्न थिए। त्यसपछि फरार उनी अहिले पक्राउ परेका सिआइबीका एसपी दीपक रेग्मीले जानकारी दिए।
पक्राउ परेका खानलाई कपिलवस्तु पठाउने तयारी भइरहेको एसपी रेग्मीले बताए।
खानले विभिन्न ८ वटा हत्या घटनामा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।