• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले 

64x64
नेपाल लाइभ बुधबार, असार २५, २०७६  १८:३४
1140x725

काठमाडौं– यतिबेला अभिनेत्री शिल्पा पोखरेल आफ्नै श्रीमान छवि ओझाबाट असुरक्षित रहेको भन्दै प्रहरीको शरणमा पुगेकी छन्। 

उनले आफ्ना फिल्म निर्माता पति ओझालाई घरेलु हिंसाको आरोप लगाएकी छन्। 

तीन दिनअघि उनी घरेलु हिंसाको उजुरी लिएर जिल्ला प्रशासन कार्यलय काठमाडौं पुगेपनि मिडियामा यसको खबर आज(बुधबार)मात्रै सार्वजनिक भएको थियो।

हाल शिल्पासँगै रहेकी सम्झना उप्रेती रौनियारको जानकारी अनुसार छविको पिटाइबाट शिल्पाको कानमा गम्भीर असर परेको छ।

तर, यो खबर मिडियामा १५ दिनपछिमात्रै बाहिरियो। शिल्पाले उजुरी पनि १२ दिनपछि मात्रै दिइन्। किन त? यसको कारण अझै खुलिसकेको छैन। 

तर, शिल्पाको फेसबुक हेर्दा थाहा भयो–उनले आफ्नो मनोदशा र भोगिरहेको ‘हिंसा’को संकेत भने पटक–पटक प्रकट गरेकी रहिछन्। १४ दिनअघि जुन २६ अर्थात् असार ११ गते रातको १२ बजेर दुई मिनेट जाँदा उनले महिलालाई हिंसा गरिएको एउटा तस्बिर पोस्ट गर्दै लेखेकी रहिछन्, ‘महिलालाई सम्मान गरौं।’ 

उक्त तस्बिरमा लेखिएको छ :

‘उनी बच्चा होइनन्, युवती हुन्
उनी माल होइनन्, बहिनी हुन्
उनी टुक्रा होइनन्, छोरी हुन्
उनी सामान होइनन्, श्रीमती हुन्
उनी आइटम होइनन्, आमा हुन्
उनी तिम्रो ‘एक्स’ होइनन्, अवश्य पनि कसैको भावी हुन्।’

nimb
nimb
Ncell 2
Ncell 2

यही पोस्ट उनले दोहोर्‍याएर एक हप्ताअघि अर्थात् जुलाई ३ मा पनि सेयर गरेकी छन्। 

गहिरिएर हेर्दा जुन १० मा पनि उनले पोस्ट गरेको एउटा स्ट्याटस पनि छविप्रति नै संकेत जस्तो लाग्छ: 
‘यति धेरै पनि वेवास्ता नगर कि 
भेट्दा ‘हाम्रो भेट भएको थियो र!’
भन्ने अवस्था नआओस्।’

यी सबै पोस्टहरू हेर्दा सहजै अनुमान गर्न सकिन्छ, उनी धेरै समयदेखि पीडित थिइन् तर खबरमात्रै आज बाहिरिएको हो। 

अहिले घेरलु हिंसाको उजुरी दिए यता शिल्पा मिडियासँगको सम्पर्कमा आएकी छैनन्। उनको फोनमा सम्पर्क गर्दा फिल्म निर्देशक सम्झना रौनियारले फोन उठाउँछिन्। अहिले शिल्पा उनकै घरमा आराम गरिरहेको बताउँदै उनले नेपाललाइभसँग भनेका छन्, ‘शिल्पा अहिले फोनमा बोल्न नसक्ने अवस्थामा छिन्, त्यसैले मैले फोन उठाएकी हुँ। छविजीसँग उहाँको १५ दिनअघि नै झगडा भएको हो। छविजीले कानमै असर पुग्नेगरी पिट्नुभएछ। त्यसैले राम्रोसँग कान सुन्न सकिरहेकी छैनन्।’

शिल्पाले सम्झनाको श्रीमान् विकास रौनियारलाई दाइ मान्दै आइरहेकी छन्। श्रोतअनुसार दुई वर्षअघि उनले गुपचुप बिहे गर्दा त्यतिबेला विकासले नै उनको कन्यादान गरेका थिए। 

तर, छवि र शिल्पा दुवैले उनीहरूको वैवाहिक सम्बन्ध सार्वजनिक रुपमा अस्वीकार गर्दै आइरहेका थिए। शिल्पालाई छविले नै फिल्म ‘लज्जा’मार्फत नेपाली फिल्ममा डेब्यू गराएका थिए। 

गुपचुप बिहे गरेपछि पनि उनले शिल्पासँगको सम्बन्धलाई फिल्म प्रचारको अस्त्र बनाइरहेका थिए। जबजब छविले निर्माणमा शिल्पाले अभिनय गरेको फिल्म रिलिज हुन्थ्यो, तब–तब अनलाइन मिडिया र युट्युबमा हेडलाइन छाउँथ्यो– ‘छवि–शिल्पाको बिहे कहिले? बिहे रोक्ने गुरु को हुन्?’ 

तर, रोचक त के भने दुवैको बिहे भने भइसकेको थियो। तैपनि मिडियासँग ‘बिहे नभएको’ नाटक गरेर ‘उल्लु’ बनाइरहेका थिए। त्यतिबेला शिल्पा पनि सम्बन्धबारे खुल्न तयार थिइनन्। 

एक वर्षअघि संवाददातासँगको कुराकानीमा शिल्पाले बिहे भएकोबारे जानकारी लिन खोज्दा उनी स्वीकार गर्न तयार थिइनन्। भनेकी थिइन्, ‘प्रुफ भए सार्वजनिक गरिदिनुस्।’

तर, त्यसको १ वर्षपछि छविकै फेसबुकमा त्यो बिहे पुष्टि भयो। 

यता शिल्पाको उजुरीको खबर आएयता पटकपटक डायल गरेपनि छविले भने फोन उठाइरहेका छैनन्। उनी निकट श्रोतसँग सम्पर्क गर्दा थाहा भयो–अहिले उनी इन्डष्ट्रीकै बेइज्जत भयो भन्दै आफ्नो बचाउका लागि फिल्मसँग सम्बन्धित संघसंस्थामा दौडधुप गरिरहेका छन्। 

यता शिल्पा र उनीसँग रहेकी सम्झनालाई भने केस मिलाइदिन थुप्रै फोन आइरहेको छ। ‘छविजी इन्डष्ट्रीकै बेइज्जत भयो भन्दै हिँडिरहनुभएको रैछ, घरमा श्रीमती पिट्दाचाहिँ बेइज्जत नहुने, खबर बाहिर आउँदाचाहिँ बेइज्जत हुने, कस्तो अचम्म,’ शिल्पालाई फोन गर्दा सम्झनाले फोन उठाएर आश्चर्य प्रकट गरेकी थिइन्। 

शिल्पा छविकी चौथो श्रीमती हुन्। उनको पहिलो विवाह ३५ वर्षअघि हेमा ओझासँग भएको थियो। आठ वर्षपछि सो सम्बन्ध टुट्यो । त्यसपछि अभिनेत्रीहरुसँग उनको वैवाहिक यात्रा सुरु भएको हो।

फिल्म ‘नाता’मा काम गर्ने क्रममा भेट भएकी गीताञ्जली सुनुवारसँग उनले दोस्रो बिहे गरेका थिए। डिप्रेसनका कारण गीताञ्जलीले आत्महत्या गरिन्। हेमाका तर्फबाट दुई छोरा र गीताञ्जलीका तर्फबाट एक छोरा छन्। 

गीताञ्जलीपछि छविले रेखासँग तेस्रो बिहे गरेका थिए। रेखालाई उनैले फिल्म ‘हिरो’बाट अभिनयमा अवसर दिएका थिए। तर, रेखाको सम्बन्ध पनि १२ वर्षमात्रै टिक्यो। 

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
बालेनलाई बारको पत्र : सिंहदरबार प्रवेश सहज बनाइदिन आग्रह
सेवा भावनाका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री मेहताको आग्रह
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी बुधबार, चैत २५, २०८२
बालेनलाई बारको पत्र : सिंहदरबार प्रवेश सहज बनाइदिन आग्रह बुधबार, चैत २५, २०८२
सेवा भावनाका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री मेहताको आग्रह बुधबार, चैत २५, २०८२
एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका बुधबार, चैत २५, २०८२
Taurian MPS को नेपालका लागि आधिकारिक डिलरमा RBG International नियुक्त बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्