काठमाडौं- सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहका पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो घटनामा घाइते भएकाहरुको उपचारको पनि व्यवस्था पनि सरकारले गर्ने बताए।
सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके नदीस्थित भँगालोमा डुबेर स्थानीय १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो। सोही विषयलाई लिएर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा असार १५ गते ईश्वरपुर नगरपालिका १३ का २६ वर्षीय सिंहको प्रहरीको गोली लागी मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।