• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

यातायात व्यवस्था विभाग : मन्त्री महासेठले १६ महिनामा ३ महानिर्देशक फेर्नुको यस्तो छ अन्तर्य

हेमन्तराज जाेशी शुक्रबार, असार २७, २०७६  २२:५३
1140x725

काठमाडौं- सरकारले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहाललाई सरुवा गरेर राष्ट्रिय सूचना आयोग पठाएको छ। नेकपा नेतृत्वमा सरकार गठन भएपछि विभागबाट महानिर्देशक सरुवा भएको तर्स्रो पटक हो। मन्त्रीको इच्छाबमोजिम कर्मचारीले काम नगरेपछि सरुवा गर्ने परिपाटीले विभागमा यसपटक पनि निरन्तरता पाएको हो।

सार्वजनिक सवारी साधनको सञ्चालनमा सिण्डिकेट अन्त्यको विषयलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले २०७५ जेठ ११ गते तत्कालीन महानिर्देशक रुपनारायण भट्टराइलाई हटाएका थिए। सिण्डिकेट पूरा हट्ने अवस्था देखिएपछि आत्तिएका व्यवसायीहरुले मन्त्री महासेठलाई दबाब र प्रभावमा पारी उनलाई हटाउन लगाएको विभाग स्रोत बताउँछ।

त्यसपछि गत वर्ष साउन १४ गते विभागको जिम्मेवारी सम्हालेका लावण्यकुमार ढकाललाई फागुन २१ गते हटाइएको थियो। ढकाललाई हटाइनुमा स्मार्ट कार्ड छपाई र ट्याक्सी मापदण्डका विषयमा मन्त्रीको स्वार्थ बाझिनु मुख्य कारण रहेको बुझिन्छ।

स्रोतका अनुसार यातायात व्यवस्था विभागले १२ सय सिसीभन्दा माथिका ट्याक्सीमात्रै सञ्चालनमा ल्याउने व्यवस्थासहित नयाँ ट्याक्सी मापदण्ड ल्याउन खोजेपछि ढकालको पद धरापमा परेको थियो। नयाँ मापदण्ड आउँदा सुजुकी कम्पनीको अल्ट्रो ट्याक्सी बिक्रीमा बन्देज हुन सक्ने अवस्था देखिएपछि उक्त मापदण्ड आफ्नो दराजमा थन्काएर मन्त्री महासेठले उनको सरुवा गरेका स्रोत बताउँछ।

गत फागुन २७ गतेबाट विभागमा आएका दहालले मुख्य गरी गोंगबु बसपार्क अतिक्रमण, उपत्यकाभित्रका सवारी चालक अनुमति पत्र लिन अभ्यासका लागि खोलिएका 'ट्रायल सेन्टर' तथा 'वर्कसप'हरुले असुल्दै आएको चर्को मूल्य तथा तिनीहरुको नियमनका लागि काम गरेका थिए। पछिल्लो केही दिनयता गोंगबु बसपार्क अतिक्रमण भएको विषयमा दहालले खोजिनीति गर्न थालेपछि उनलाई हटाउन मन्त्रीपरिषद्‌मा दबाब गएको विभाग श्रोतको दाबी छ।

‘महानिर्देशक अतिक्रमण भएको गोंगबु बसपार्क खालि गराउँछु भनेर लागेका थिए, कागजात मगाउन महानगरपालिका, नापी विभागलगायत सम्बन्धित निकायमा आइतबार नै पत्राचार भयो। त्यसको भोलिपल्ट उहाँको सरुवाको कुरा आयो,’ विभागका एक कर्मचारी भन्छन्।

गोंगबु बसपार्क अतिक्रमणको विषय उठाउनु नै महानिर्देशक सरुवाको प्रमुख कारण रहेको ती कर्मचारीको जिकिर छ। उनका अनुसार बसपार्क सञ्चालनका लागि महानगरपालिका र लोत्से बहुउद्देश्यीय सहकारीसँग भएको सम्झौताका विषयमा महानिर्देशक दहालले चासो देखाएका थिए। दहालले महानगरपालिकामार्फत गोंगबु बसपार्कको जग्गाको विवरण र लोत्सेसँगको सम्झौताको विवरण माग गर्दै पत्राचार गरेपछि मन्त्रिपरिषद्‌ले उनलाई सरुवा गर्ने निर्णय गरेको हो।

२०५९ सालमा जापान सरकारले गोंगबु बसपार्क बनाइदिएपछि त्यसको सञ्चालनको जिम्मा महानगरपालिकालाई दिइएको थियो। पछि महानगरपालिकाले बसपार्क सञ्चालन गर्न लोत्से बहुउद्देश्यीय सहकारीसँग सहकार्य गरेको देखिन्छ। गोंगबु बसपार्कमा रहेको १ सय ६५ रोपनी जग्गामध्ये ८० रोपनीमा मात्रै बसपार्क सञ्चालन भइरहेको छ। बाँकी रहेको मध्ये ७० देखि ७५ रोपनी जग्गामा लोत्से बहुउद्देश्यीय सहकारीले विभिन्न व्यापारिक भवनहरु बनाएर त्यसलाई निजीकरणसमेत गरिसकेको छ।

Ncell 2
Ncell 2

यसरी सरकारी जमिन अतिक्रमण गर्ने लोत्से बहुउद्देश्यीय सहकारी र यससँग सम्बधित अरु संस्थाहरुमा अर्बपति व्यापारी उपेन्द्र महतो, प्रतिनिधिसभा सांसद जुली महतो र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ४० प्रतिशतभन्दा बढी अप्रत्यक्ष लगानी रहेको समेत श्रोतको दाबी छ।

दहालले काठमाडौं उपत्यकाका ड्राइभिङ सेन्टर र वर्कसपहरुलाई पनि नियमन गर्ने गरी तयारी गरेका थिए। तर, केही ड्राइभिङ सेन्टर सञ्चालकहरु राजनीतिक रुपमा निकै शक्तिशाली रहेकोले आफूलाई उक्त काम रोक्न बारम्बार दबाब दिइरहेको भन्दै महानिर्देशक दहालले अन्य कर्मचारीसँग बताउने गरेको स्रोत बताउँछ।

केही समयअघि सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने समयमा मन्त्री महासेठकै निर्देशनमा महानिर्देशक दहालले नयाँ भाडादर तोकेका थिए। तर, त्यसको सबैतिरबाट आलोचना भएपछि उक्त निर्णय ५ घन्टा पनि नबित्दै फिर्ता लिइएको थियो।

विभागमा आउनुअघि दहाल विराटनगर महानगरपालिकाका प्रशासकीय प्रमुख थिए। साविकको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा रहँदा ठूला व्यापारिक घराना, स्वास्थ्य संस्था तथा शैक्षिक प्रतिष्ठानहरुमा धमाधम अनुगमन गर्न थालेपछि उनलाई सरुवा गरेर विराटनगर महानगरपालिका पठाइएको थियो।

यातायात व्यवस्था विभागमा महानिर्देशकको नयाँ जिम्मेवारी भने सरकारले तोकिसकेको छैन।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायर
संविधान असफल भएका वेलाको चुनावले देशलाई संकटमा धकेल्छ : राजेन्द्र लिङ्देन
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायर बुधबार, मंसिर २४, २०८२
संविधान असफल भएका वेलाको चुनावले देशलाई संकटमा धकेल्छ : राजेन्द्र लिङ्देन बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता हुँदै बुधबार, मंसिर २४, २०८२
झोंकमा उम्मेदवारी दिन खोजेको हैन, पार्टी बैठकमै जानकारी गराएका छौँ : ईश्वर पोखरेल बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्