काठमाडौं- अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३२ जनाको मृत्यु भएको छ।
बाढीपहिरोमा परी २१ जना बेपत्ता भएका छन् भने २६ जना घाइते भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले जानकारी दिएको छ।
मृतकहरुको संख्या
बाढी पहिरोमा परी ललितपुरमा ६ जना र भोजपुरमा ५ जना, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, , मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा र बारा १/१ जना गरी ३२ जनाको ज्यान गएको हो।
विभिन्न स्थानमा भएको सडक समेत अवरोध भएको र प्रहरीले हटाउने कार्य गरिरहेको मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रले बेलुका ७ बजे तयार गरेको विस्तृत रिपोर्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।