काठमाडौं– मलेसियासँगको २ खेलको मैत्रिपूर्ण टि-२० क्रिकेट शृंअलाअन्तर्गतको दोस्रो खेल अहिले क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा भइरहेको छ। खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
प्रारम्भिक ब्याट्सम्यानको रुपमा कप्तान पारस खड्का र पवन सर्राफ मैदानमा उत्रिएका छन।
नेपालले शनिबार भएको पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो। नेपालको जितमा कप्तान पारस खड्का नायक बनेका थिए। पारसको अविजित ८६ रनको मद्दतमा नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगावै भेट्टाएको थियो।
साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो।
नेपाल र मलेसियाबीचको खेलको प्रत्यक्ष प्रशारणः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।