काठमाडौं- सर्वियाका नोभाक जोकोभिकले पाँचौं पटक विम्बलडन टेनिसको उपाधि जितेका छन्। पुरुष एकलतर्फ आइतबार भएको फाइनलमा स्विट्जरल्यान्डका रोजर फेडेररलाई पाखा लगाउँदै जोकोभिकले उपाधि जितेका हुन्।
करिब ५ घन्टासम्म चलेको प्रतिस्पर्धा पाँच सेटसम्म चलेको थियो। अन्तिम सेटको खेलमा पनि ट्राइबेकरमार्फत नतिजा निस्किएको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलमा जोकोभिक ७-६(७-५), १-६, ७-६(७-४), ४-६, १२-१२ (७-३) ले विजयी भए।
जोकोभिकको यो १६औं ग्रान्डस्लाम उपाधि हो। उता फेडरर भने २०औं ग्रान्डस्लामको उपाधि हात पार्न एक कदम पछि नै रहे।
४ घन्टा ५७ मिनेटसम्म चलेको प्रतिस्पर्धा विम्बलडनको इतिहासमै सबैभन्दा लामो फाइनल खेल हो।
फेडररले दोस्रो र चौथो सेटलाई सहजताका साथ आफ्नो पक्षमा पार्दै अन्ति सेटसम्म खेललाई पुर्याएका थिए। तर, अन्तिम सेटमा ट्राइबेकरमा उनी पराजित भएका थिए।
फेडररले ८ पटक विम्बलडनको ट्रफी जितिसेकका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।