काठमाडौं– प्रहरीले १ सय २० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरको कमाण्डमा खटिएको टोलीले उक्त परिणामको गाँजासहित ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–१७ का २१ वर्षीय रमेश लामिछाने, सोही ठाउँका २० वर्षीय डम्बरमणि घिमिरे, पर्साको पटेर्वासुगौली गाउँपालिका–४ का ४२ वर्षीय प्रेम दास र पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश खवास छन्।
गएराति साढे १० बजे वीरगञ्जको बगहीबाट पक्राउ गरिएको हो। बिआर०१डिबी ०००३ नम्बरको भारतीय कारको डिक्कीमा राखेर गाँजा तस्करी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुले नै चलाएको ना२४प ८७६४ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।