धनगढी- धनगढी नगरपालिका-४ स्थित एक होटलमा विस्फोट भएको छ। विस्फोटमा परी ५ जना गम्भीर घाइते भएका छन्।
बिहिबार साँझ करिब ७ बजेर २० मिनेट जाँदा विस्फोट भएको घटनास्थलबाट नेपाल लाइभ सहकर्मीले जानकारी दिएका छन्।
सहिद चोक नजिकै भएको विस्फोटमा स्थानीय निलम होटलका संचालक केशवराज पाण्डेसहित अन्य ४ जना गम्भीर घाइते भएका हुन्।
यसैगरी होटलमा ग्राहक बनेर आएका राम सिंह, लक्ष्मण सिरेला, जितेन्द्र यादव र मोबिन खान पनि घाइते भएका हुन्।
उनीहरुको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार सुरु भएको छ।
प्रहरीले सिलिन्डर वा बम के विस्फोट भयो भनेर निर्क्योल गरिनसकेको बताइएको छ। तर बम हुने शंका बढी रहेको घटनास्थलमा खटिएका प्रहरीले बताएको घटनास्थलबाट सहकर्मीले फोनमा भने।
घटनास्थल प्रहरीले सिलबन्दी गरी अनुसन्धान गरिरहेको छ।
घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।