एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ को ट्रेलर सार्वजनिक गरिएको छ। यो फिल्ममा अन्तरिक्ष यात्राको सफल कथालाई देखाइएको छ।
फिल्म मिसन मंगलमा अक्षयका साथै विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी र नित्या मेननले अभिनय गरेका छन्।
फिल्मको पोस्टर्स र टिजर यसअघि नै जारी गरिसकिएको छ। अक्षयर कुमारले आफ्नो ट्विटरमा फिल्मको ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘मिसन मंगल एउटा कहानी मात्र होइन, आश्चर्य हो, जसले असम्भव सपनालाई सम्भव बनाइदियो।
दुई मिनेट ५३ सेकेन्डको ट्रेलरमा स्पेस साइन्सको कहानी देखाइएको छ। साथै मंगल ग्रहमा जानुअघि भएको संघर्ष र मिहिनेतका झलकहरु देख्न सकिन्छ। ट्रेलर हेरेर फिल्म कति रोचक छ भनेर केही अन्दाज पनि लगाउन सकिन्छ।
मिसन मंगल एक मल्टिस्टारर फिल्म हो। यो फिल्म जगन शक्तिले निर्देशन गरेका हुन्। फिल्ममा अक्षयले एक वैज्ञानिकको भूमिका निभाएका छन्। फिल्म मिसन मंगल आगामी १५ अगस्टमा रिलिज हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।