काठमाडौं- पूर्व परराष्ट्र सचिव डा. मदनकुमार भट्टराई आफ्ना कूटनीतिक अनुभव संगालेको पुस्तक लिएर आएका छन्।
बिहीबार उनको पुस्तक ‘परराष्ट्रका पात्र : नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ सार्वजनिक भएको हो।
किताब पब्लिसर्सबाट प्रकाशन भएको उनको पुस्तक विभिन्न कालखण्डका राजदूत र परराष्ट्र मन्त्रीसँगको बिताएको अनुभवमा आधारित छ।
‘नेपालको परराष्ट्र मामिलाबारे थप अध्ययन र अनुसन्धान हुनुपर्छ भनेर यो पुस्तक लेखें,’ पुस्तक उनले भने, ‘यो पुस्तकले नेपालको परराष्ट्र कार्यालय र यसका स्रस्टा वा प्रमुख पात्रहरूको भूमिकाको व्याख्या गरिएको छ।’
सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका भट्टराईले नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका थिए।
पुस्तकमा बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय र ऋषिकेश शाहलगायतका कुटनीतिज्ञ र राजनीतिज्ञहरुको बारेमा उनको भोगाइ समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।