काठमाडौं- शिक्षण संस्थाहरूले बढाएको शुल्कको विरुद्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले चरणबद्व आन्दोलन गर्ने भएको छ।
कलेजहरूले बढाएको शुल्क आधारहीन रहेको जनाउँदै विघटित नेविसंघले आन्दोलन गर्न लागेको हो। शुल्कसँगै भण्डाफोर गर्ने आन्दोलन पनि सार्वजनिक गरेको छ।
चरणबद्ध आन्दोलन गर्ने क्रममा श्रावण ६ गते शिक्षा मन्त्रीलाई ज्ञापन पत्र, श्रावण ८ गते विज्ञहरूसँग अन्तरक्रिया, श्रावण १० गते प्लेकार्ड सहित सडक प्रदर्शन गर्ने जनाइएको छ।
सबै तहको अध्ययनका लागि शिक्षण संस्थाहरूलाई आवश्यक मापदण्ड, शुल्क निर्धारण र सिट संख्या तोक्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।