वासिङ्टन– संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।
जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्या ८ हजारबाट वृद्धि भएर दुई लाख १६ हजार पुगेको छ। यसैबीच, अघिल्लो साताको तथ्यांकमा संशोधन गरी बेरोजगार भत्तामा दाबी गर्नेहरूको संख्या २ लाख ८ हजार देखाइएको थियो।
श्रम विभागको तथ्यांकले बेरोजगारको दाबी गर्नेहरूको संख्या कम हुनुको अर्थ रोजगारीबाट बिमुख हुनेको संख्यामा कमी नआएको देखाउँछ। अमेरिकामा केही वर्षदेखि बेरोजगारको संख्या तीन लाखभन्दा कम देखिएको छ।
तर अमेरिकी श्रम बजारमा गत जुन महिनामा २ लाख २४ हजार रोजगारी थप भएको पनि विभागले जनाएको छ। अमेरिकी तथ्यांक ब्यूरोले अमेरिकी बेरोजगारी दर ३ दशमलब ७ प्रतिशतको हाराहारी मात्र रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।