क्याम्प नेउ– बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले च्याम्पियन्स लिगको भिन्न २७ क्लबविरुद्ध गोल गरेका छन्। युभेन्ट्सविरुद्ध मंगलबार राती घरेलु मैदानमा भएको खेलमा मेसीले २ गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भएको थियो।
मेसीले यसअघि युभेन्ट्सबाट खेल्ने इटालीका गोलकिपर जियानलुइगी बुफोनविरुद्ध गोल गर्न नसकेको इतिहासलाई पनि तोडेका छन्। बुफोनविरुद्ध गोल गर्न नसक्दा उनको आलोचना हुँदै आइरहेको थियो।
मेसीले युभेन्ट्सविरुद्ध गोल गरेपछि भिन्न क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा पुगेका छन्। उनको प्रदर्शन यस्तै रहने हो भने उनले सबैलाई उछिन्ने आशा गरिएको छ।
मेसीभन्दा अगाडि रियल म्याड्रिडका पूर्व स्ट्राइकर राहुलले ३३, क्रिस्टियानो रोनाल्डोले ३१ र जाल्टन इब्राहिमोभिकले २९ भिन्न क्लबविरुद्ध गोल गरेका छन्। मेसीले म्याड्रिडका अर्का स्ट्राइकर करिम बेन्जेमाले २७ भिन्न क्लबविरुद्ध गरेको कीर्तिमानलाई बराबरी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।