राजविराज– अविरल वर्षा र बाढीका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको करिब २५ लाख मूल्य बराबरको औषधि नष्ट भएको छ।
असार २८ गते बिहान सप्तकोशी नदीमा आएको बाढीले विभिन्न वडासहित नगरपालिका कार्यालयसमेत डुबानमा परेको थियो। वडा नं १२ स्थित नगरपालिका कार्यालयमै रहेको स्वास्थ्य शाखाको भण्डार कक्षमा पनि पानी पसेर औषधी डुबेको स्वास्थ्य शाखा प्रमुख रामदेव यादवले बताए।
अधिकांश औषधी प्रयोग गर्न नसक्ने गरी क्षति भएको छ। १४ वटा स्वास्थ्य चौकी र भारदह अस्पतालमा वितरणका लागि राखिएको औषधि बाढीले क्षति गरेको यादवले बताए।
‘दुई महिनाअघि मात्रै औषधी खरिद गरेका थियौं,’उनले भने,‘थोरै औषधि स्वास्थ्य संस्थामा पठाएर बाँकी माग अनुसार पठाउने गरी राखिएको थियो, बाढीले नष्ट गर्यो।’
जनप्रतिनिधि र कर्मचारीको रोहबरमा औषधी धुल्याउने निर्णय भएको स्वास्थ्य शाखाले जनाएको छ। क्षति भएका ३४ प्रकारका औषधीमध्ये सवैभन्दा बढी क्षति जीवनजलमा भएको छ। शाखाको १५ हजार प्याकेट जीवनजल नष्ट भएको छ। बाढीले औषधी नष्ट भएपनि स्वास्थ्य संस्थामा भने औषधीको कमी नहुने शाखाले जनाएको छ।
‘माग अनुसार हामीले यसअघि नै औषधी वितरण गरेका छौं,' यादवले भने,‘अब माग हुने समयसम्ममा नगरपालिकाले अर्को व्यवस्था गरिसक्छ। समस्या हुँदैन।’
स्वास्थ्य शाखासहित अन्य विभिन्न वडाका स्वास्थ्य चौकी समेत डुबानमा परेका थिए। तर, काम नै प्रभावित हुने गरी क्षति नभएको नगरपालिका कार्यालयले जानकारी दिएको छ।
‘स्वास्थ्य चौकीहरुमा पनि पानि पसेको थियो, तर पानी कम हुने बित्तिकै सेवा सुरु भयो,’उनले भने,‘बाढीका कारण सेवा नै रोक्नु पर्ने अवस्था कतै पनि आएन।’
गत असार २८ गते बिहानै सप्तकोसी नदीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको थियो। वडा नं. १२ र १३ सबैभन्दा बढी प्रभावित भएका छन्। दुबै वडाका करिब २५० परिवार कोसीको पश्चिमी तटबन्धमा आश्रय लिएर बसेका छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।