चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार राति सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।
रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
सो सडकखण्डमा गए राति ७:४० बजे चट्टानसहितको पहिरो खसेको थियो । ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो ।
सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।