काठमाडौं– लगातार दोस्रो खेलमा जित निकालेपछि नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनमला प्रवेश गरेको छ।
समूह ‘ए’ मा रहेको अर्काे टोली सिंगापुरले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । लगातार दुई खेलमा पराजित भएका भुटान र थाइल्यान्ड भने बाहिरिएका छन् । दुवै टोलीलाई नेपाल र सिंगापुरले पराजित गरेका थिए । नेपाल र सिंगापुरको समान ४–४ अंक छ भने थाइल्यान्ड र भुटानले अंकको खाता खोल्न सकेका छैनन्। नेट रनरेटमा अघि रहेको नेपाल समूहको शीर्ष स्थानमा छ।
बुधबार भुटानलाई ९ विकेटले पराजित गरेको नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको थियो।
अब बिहीबार हुने नेपाल र सिंगापुरबीचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । समूह ‘बी’ बाट मलेसिया र हङकङले पनि अन्तिम चारमा स्थान पक्का गरेका छन् । सेमिफाइनलका खेलहरु आगामी शनिबार हुनेछन्।
यो पनि पढ्नुहोस्
एसिसी यू–१९ : भुटानमाथि नेपालकाे सानदार जित, ३० मिनेटमै भेट्टायो लक्ष्य (स्कोरकार्ड सहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।