काठमाडौं– अर्थमन्त्री युवराज खतिवडा र चेम्बर अफ कमर्सबीच आज दिउँसो छलफल हुने भएको छ।
सरकारले बजेटमार्फत साउन १ गतेदेखि लागू गर्न लागेको भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस), प्यान र ढुवानी भ्याटको विषयमा छलफलका लागि कर्मसले अर्थमन्त्रीसँग समय मागेको थियो।
अर्थमन्त्री खतिवडाले आज दिउँसो ४ बजे छलफलका लागि बोलाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि अर्थमन्त्री खतिवडाले आइतबार उद्योग वाणिज्य महासंघको टोलीसँग यसै विषयमा छलफल गरेका थिए। छलफलमा निजी क्षेत्रबाट २ जना, सरकारी २ जना र एक जना विज्ञ रहने गरी कार्यदल बनाउने सहमति भएको छ। कार्यदलले दिएको सुझावका आधारमा अघि बढ्ने सहमति भएको थियो।
छलफलमा अर्थमन्त्री खतिवडाले भइरहेका आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए।
व्यवसायीले भने सरकारले समस्या समाधानको लागि पहल गर्ने गरी लिखित प्रतिबद्धता जनाउनुपर्ने माग राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।