काठमाडौं- गीतकार देव बज्राचार्यको निधन भएको छ।
स्वासप्रश्वास, प्रोस्टेट ग्रन्थि लगायत समस्याबाट ग्रस्त ६४ वर्षीय बज्राचार्यको बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।
बज्राचार्यको रचनामा अरुणा लामा, मीरा राणा, मधु क्षेत्री लगायत गायक-गायिकाले स्वर दिएका छन् । उनको 'एक्लै बस्दा सधैं मलाई', ‘प्रिय तिम्रो मुहारमा' लगायत गीत निकै लोकप्रिय छन्।
बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । उनी संगीतकार न्हू बज्राचार्यका काका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।